२०८१ चैत्र ३१, आईतबार
बिधुत प्रधिकरण प्रकरण

नवनियुक्त कार्यकारी निर्देशक शाक्यले पदभार ग्रहण गरे

शाक्य जसरी गए त्यसरी नै अाए
नवनियुक्त कार्यकारी निर्देशक शाक्यले पदभार ग्रहण गरे

नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन्। मंगलबार साँझ प्राधिकरणमा पुगेर नवनियुक्त कार्यकारी निर्देशक शाक्यले पदभार ग्रहण गरेका हुन्।
प्राधिकरणमा पुग्दा कर्मचारीहरूले शाक्यलाई स्वागत गरेका थिए। पदभार ग्रहण गरेपछि शाक्यले आफूले न्याय पाएको बताए। यसअघिको आफ्नो योजना अनुसार प्राधिकरणलाई अघि बढाउने उनले बताए।
उनले प्राधिकरणभित्र रहेका समस्यालाई सामूहिकरूपमा समाधान गर्ने प्रतिबद्धता जनाए। लोडसेडिङ हुने हल्ला निराधार मात्रै रहेको भन्दै जनताको घरमा अब लोडसेडिङ नहुने उनले प्रष्ट पारे। उनले दुई हप्ताभित्र केही सकारात्मक नतिजा देखिने गरी काम गर्ने बतँए।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस