• दृष्टि खबर

बनेपा । नेपाल सरकार आन्तरिक राजस्व विभागले बनेपामा आज दिउसाे २ बजे पञ्चकन्या बैङकेटमा कर सचेतनाका लागी सिस्नुपानी नेपालसंगकाे सहकार्यमा विविध हास्यव्यङग्य प्रस्तुती सहितकाे करमैत्री यात्रा कार्यक्रम गर्ने भएकाे छ ।
उक्त कार्यक्रममा करदाताहरूलाइ करकाे बारेमा हास्यव्यङग्य तरिकाले कर सम्बन्धि ज्ञान दिनकाे लागी नेपाल भरी नै संचालन गर्न लागिएकाे हाे । करकाे वारेमा अली फरक प्रस्तुती दिएर ज्ञान हासिल गराउन सकिने र करलाइ करकाे रूपमा नभई सहज रूपमा तिर्ने वातावरण बनाउनका लागि कार्यक्रम आयोजना गर्न लागिएको हो ।
करदाताहरूलाइ अनिवार्य उपस्थिती जनाइ करमैत्री यात्रा सफल बनाउन अनुराेध गर्दै प्रबेश नि:शुल्क गरिएको आन्तरिक राजस्व कार्यालय धुलिखेलका प्रमुख कर अधिकृत डमरू पराजुलीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया