• दृष्टि खबर

नमोबुद्ध । काभ्रेको नमोवुद्ध नगरपालिका वडा नम्वर २ मा यात्रुवाहक बस दुर्घटना भएको छ ।

बसमा करिव २५ जना यात्रु रहेको र दुर्घटनामा परी बसमा सवार सबै यात्रु घाइते भएका छन् । बनेपाबाट भकुण्डे तर्फ जाँदै गरेको बा ४ ख ३३१९ नम्वरको बस नमोवुद्ध २, बेलामा दुर्घना भएको जिल्ला प्रहरी प्रमुख जयराज सापकोटाले जानकारी दिए ।

घाइतेहरुलाइ उपचारका लागि जिल्ला अस्पताल धुलिखेल ल्याइएको छ । बस सडकबाट करिव १५० मिटर तल खसेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

तस्बिर : उपेन्द्र अधिकारी

तपाईको प्रतिक्रिया