• विकास तिमल्सिना

धुलिखेल । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रे प्रतिभा जन्माउने जिल्ला भएको बताएका छन् । धुलिखेल नगरपालिकाको ३४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा क्रमश प्रकट हुँदै गएको बताएका हुन् ।

देशमा राजनीतिक तुलो राख्ने हो भने तुलाको एकातिर गोकुल बाँस्कोटा र अर्कोतिर अरु सबैजसो हुने स्थिती बनेको बताए । उनले सरकारको विरोध गर्नेहरु गोकुल बास्कोटातिर हेर्ने विक्तिकै चुप लाग्ने अवस्था रहेको बताए । यस्तै धुलिखेलमा रहेको काठमाण्डौं विश्वविद्यालय देशभरीमै अगाडी रहेको पनि बताए । नगरहरुमा धुलिखेलका मेयर लाई सबै नगरले आफ्नो मेयर छानेको बताउँदै काभ्रे जिल्ला सबै कुरा भएको जिल्ला रहेको बताए ।

शक्तिशाली देवीदेवता, तीर्थस्थाल, रमणीय स्थल सबै कुरा काभ्रेमा रहेको प्रधानमन्त्री ओलीको भनाई थियो । काभ्रे भन्ने विक्तिकै नमोवुद्ध लगायत डाँडा डाँडामा रहेका मन्दिर, मुर्तीहरुलाई सम्झन सकिने उनले बताए । प्रधानमन्त्री ओलीले जनप्रतिनिधि, कर्मचारी लगायत सम्पुर्णलाई जिल्लाको विकास र आधुनिकिकरणमा भुमिका खेल्न आग्रह गरेका पनि छन् । धुलिखेलमा परिवर्तन भएको पाएको र अझै ठुला परिवर्तनको संकल्प पाएको उनले बताए । देशका लागि जीवन अर्पण गर्ने, देशका लागि सदैव सोच्ने र देशलाई नयाँ बाटो दिन सक्ने जननेताको उच्च सम्मान गरेकोमा नगरपालिकालाई धन्यवाद दिएका छन् । धुलिखेल नगरपालिकाले देशभरीका नगरको नेतृत्व गरेको पनि प्रधानमन्त्री ओलीले बताए ।

यस्तै सरकारका प्रवक्ता सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले धुलिखेल नगरपालिकाले विकास, समृद्धि, सामाजिक न्यायको र पर्यटनको बेग्लै परिचय बनाएकोले बताउँदै उक्त परिचय जिवन्त रहोस् भन्ने शुभकामना तथा नगवासीलाई बधाई दिएका छन् ।

यस्तै खानेपानी मन्त्री बिना मगरले धुलिखेल नगरपालिकाले जनताका माझमा राखेका प्रतिवद्धता पुरा गर्ने क्रममा योजनावद्ध ढंगले विकासका काम अगाडी बढाएकोमा प्रशंसा गरेकी थिइन् ।

धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले निर्वाचनका बेला गरिएका प्रतिवद्धता अनुरुप काम गरिरहेको बताएका छन् । २० वर्षभित्र धुलिखेललाई नेपालकै उत्कृष्ट नगरपालिका बनाउने र ५ वर्षभित्र नागरिकहरुलाई आवश्यक आवश्यकता परिपुर्ति गरी गरिवीमुक्त बनाउने लक्ष्य लिएको जानकारी दिए । २ वर्ष अघि नगरपालिका खुल्ला दिशामुक्त नगर भइसकेको, अघिललो वर्ष साक्षर नगर घोषणा भएको र सन् २०२० भित्र बालमैत्री नगर बनाउने नगर प्रमुख ब्याञ्जुले बताएका छन् । धुलिखेल पनौती र बनेपाका जनतालाई स्वच्छ खानेपानी पुर्याउने लक्ष्यका साथ सुरु भएको एकिकृत खानेपानी आयोजनाको ९७ प्रतिशत काम सकिएको जानकारी दिँदै उनले बाँकी काम पनि सबै जनप्रतिनिधिको पहलमा छिट्टै सक्ने दावी गरेका छन् । उनले नगरमा उच्च शिक्षा निशुल्क गर्ने, घरघरमा खानेपानी पुर्याउने लगायतका काम तीव्र गतिमा भइरहेको पनि बताएका छन् ।

कार्यक्रममा नगर उप–प्रमुख विमला शर्माले स्वागत मनतव्य राखेकी थिइन् भने प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुइटेलले कार्यक्रम सञ्चालन गरेका थिए । स्थापना दिवसकै अवसर पारेर विभिन्न व्यक्तित्वलाई सम्मान समेत गरिएको थियो भने नगरका ५ वटा वडालाई बालमैत्री वडा घोषणा गरिएको छ ।

वागमती प्रदेश सरकार र धुलिखेल नगरपालिकाको संयुक्त लगानीमा धुलिखेल नगरपालिका वडा नम्वर ११ काभ्रेभञ्ज्याङमा स्थापना गरिएको जननेता मदन भण्डारीको शालिक अनावरण गरिएको छ । यस्तै मदन भण्डारी पार्कको प्रधानमन्त्री ओलीद्धारा उद्घाटन गरिएको छ ।

जननेता मदन भण्डारीको शालिक अनावरण पछि

तपाईको प्रतिक्रिया