• दृष्टि खबर

बनेपा । कोरियामा कार्यरत काभ्रेका कुमार श्रेष्ठको शब्दमा “कात्रोमा खल्ती हुँदैन साथी” बोलको गित सार्वजनिक भएको छ ।

भरर्खरै युट्युबमा अपलोड गरिएको गित छोटो समयमा धेरैले मन पराएका छन । देवकुमार स्याङ्तानको स्वर/संगीत रहेको यस गितको संपादन दीपक लामाले गरेका छन् । । कुमार श्रेष्ठको शब्द रहेको गितमा देवाशिस तामाङले गीतारमा साथ दिएका छन् । जसलाइ Dak Films6 को अफिसियल युट्युब च्यानलबाट अपलोड गरिएको छ ।

समसामयिक जीवन मा आधारित यो गीतमा जीवनको यथार्थ सत्यलाई गितको माध्यम बाट प्रस्तुत गर्न खोजिएको छ । प्रतिभाशाली व्यक्ति कुमार श्रेष्ठले गित मार्फत धन सम्पति, सानो–ठूलो वर्ग र जातभात को भ्रमबाट जगाउने र ब्युँझाउने प्रयास गरेका छन् ।

भिडियो हेर्नुहोस्

तपाईको प्रतिक्रिया