• दृष्टि खबर

बनेपा । काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर ९ पौवामा रहेको कुशेश्वर माध्यामिक विद्यालयमा कार्यरत स्थायी शिक्षक भिम बहादुर दोङ दिउसै तर’वार सहित एक स्थानीयलाई मा’र्ने भन्दै हिँडेको खुलेको छ । उनी सोहि विद्यालयका पुर्व प्रधानाध्यापक पनि हुन् ।

दिउसो ४ः३० बजेको समयमा विद्यालयदेखी स्थानीय निरज तामाङलाई का’टेर आउँछु भन्दै पालुघाट तर्फ तर’वार बोकेर हिडेका थिए । बाटोमा भेटेकाहरुले सम्झाउँदा समेत नमानी आज यसलाई न’मारी छोड्दिन, यसको तीन पुस्ता सममलाई तरवारले का’टेर बंश नाश गरिदिन्छु भन्दै गाली गलौज गर्दै निरजको घरतर्फ गएका थिए । निरज साथीहरुसँग गफ गरेर बसेका थिए । सोहि ठाउँमा गई भिमबहादुरले निरजलाई लक्षित गरि तर’वार प्र’हार गरेका थिए । तर तर’वार घरको ढोकामा ठोक्किन पुगेको थियो । त्यपछि गाउँमा भेला भएका गाउँलेले छेकेर निरजको ज्यान बचाएको स्थानीयले बताएका छन् । निरजले तर’वार छेक्दा उनको हातमा समेत चोट लागेको छ ।

उक्त घटनास्थलबाट बरामद गरिएको धा’रिलो हति’यार तर’वार पोखरी नारायण स्थानको चौकीले बरामद गरी, बरामदी मुचुल्का समेत उठाइसकिएको छ । भिमबहादुरले यसअघि समेत स्थानीयलाई पटकपटक धाक’धम्की सहित डर त्रास हुने कार्य गर्दै आएका छन् । गम्भिर प्रकारको यस घटनाई पनि राजनीतिक पहुँको आधारमा मेलमिलाप गर्ने प्रयास भइरहेको पिडितका आफन्तले बताएका छन् ।

प्रहरी प्रशासनले समेत उक्त घटनालाई चासो नदिएको स्थानीयले गुनासो गरेका छन् । घटना हुने विक्तिकै स्थानीयले इलाका प्रहरी कार्यालय मंगलटारमा जानकारी गराएपनि इलाका प्रहरी कार्यालयले कुनै चासो देखाएन । त्यसपश्चात जिल्ला प्रहरी कार्यालय काभ्रेमा संपर्क गरेपछि घटना बारे अनुसन्धान गर्न असार २७ गते प्रहरी चौकी पोखरी नारायणस्थानबाट प्रहरीको टोली खटिएको थियो । तर पनि राजनीतिक दवावका कारण प्रशासनले खासै चासो नदिएको पाइएको छ ।

तपाईको प्रतिक्रिया