• दृष्टि खबर

काभ्रे– काभ्रेमा नीजि तथा सार्वजनिक यातायातका साधन चल्ने भएका छन् ।

काभ्रेका प्रमु्ख जिल्ला अधिकारी शिवराम पोखरेलको अध्यक्षतामा आज (आईतबार) बसेको जिल्लास्तरिय कोभिड–१९ संक्रमण, नियन्त्रण, रोकथाम, र उपचार सम्बन्धी जिल्लास्तरीय कोभिड संक्रमण व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा मंगलबारबाट सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले कोभिड– १९ को संक्रमण फैलिरहेको अवस्था भएपनि सर्वसाधारणको कठिनाईलाई मध्यनजर गर्दै सवारी साधन चलाउन दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

बैठकले जनस्वास्थ्यको मापदण्ड तथा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले तोकेको मापदण्ड पुर्ण रुपमा पालना गरेर मात्रै सवारी साधन चलाउन पाइने छ । बैठकले पूर्वमा मंगलटार, उत्तरपूर्वमा दोलालघाट र उत्तरपश्चिममा बनेपा बसपार्कभित्र यस अघि संचालन हुँदै आएका सबै रुटहरुमा यातायात सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकले काठमाडौ उपत्यका प्रवेश गर्ने साँगा र नाला नाका नाका क्षेत्रभित्र अन्तरजिल्लाबाट जाने सवारी प्रवेश निषेध रहिरहेकोले जिल्लाभित्र संचालन हुने सार्वजनिक सवारी साधनहरु बनेपा बसपार्कबाट मात्रै सञ्चालन गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया