काठमाडौं । वर्ल्ड लिंक र फेसबुकको सहकार्यमा नेपालमा एक्सप्रेस वाईफाई सेवा सुरु हुने भएको छ । ७ हजार ५ सय स्थानमा वाईफाई दिने वर्ल्ड लिंकले फेसबुकसँगको सहकार्यमा एक्सप्रेस वाईफाई सेवा सुरु गरेको छ ।

बिहीबार आयोजित भर्चुअल पत्रकार सम्मेलन मार्फत नेपालमा ७ हजार ५ सय स्थानमा एक्सप्रेस वाईफाई सेवा दिने घोषणा गरेको हो ।
यस्तो वाईफाई सेवा सार्वजनिक स्थानमा मात्र उपलब्ध हुने छ । फेसबुकले यस्तो वाईफाई सेवाको लागि आवश्यक पूर्वाधार सेवा वर्ल्ड लिंकलाई उपलब्ध गराउने छ । यस्तो वाईफाई सेवा उपलब्ध गराउनको लागि मोबाइल नम्बर राखेपछि कोर्ड प्राप्त हुन्छ र त्यो रजिष्ट्रर गरेपछि वाईफाई सेवा प्रयोग गर्न सकिने छ ।

फेसबुकका ग्रोथ म्यानेजर अमित सिंहले प्रयोगकर्तालाई हाई स्पीड इन्टरनेटका लागि एक्सप्रेस वाईफाईले सहयोग पुर्‍याउने बताए ।
पछिल्लो समय सरकारले सामाजिक संजाललाई नेपालमा दर्ता गराउने बताएको छ । फेसबुकले नेपाली कम्पनी मार्फत नेपालमा नै कुनै परियोजनामा काम गर्दा यसलाई दर्ता गराउने अभियानमा भने केही सहयोगी भूमिका हुनसक्छ ।

‘हामीले फेसबुकसँगको साझेदारीमा केही काम गर्न थालेको हो,नेपालमा ल्याउन सक्ने नसक्ने भन्ने कुरा सरकारको नीतिमा भर पर्छ,’वर्ल्ड लिंक मार्फत नेपालमा पहिलो पटक भित्रने भयो फेसबुक वर्ल्ड लिंकका एक अधिकारीले भने ।
वर्ल्ड लिंकले गतवर्ष बेलायतको सिडिसी ग्रुप समेत भित्रिएको थियो । सिडिसीले वर्ल्ड लिंकमा १ अर्ब ३५ करोड रुपैयाँ लगानी गरेको छ ।

सर्वसाधारणलाई सेयर जारी गर्नको लागि पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गरेको वल्र्डलिंकले ३ वर्षभित्रमा सेयर जारी गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया