• मनोज डाँगी

जाजरकोट– जाजरकोटमा भीरबाट लडेर एक सैनिकको मृत्यु भएको छ । घरबाट ब्यारेक फर्कने क्रममा बुधबार राति कञ्चनपुर महेन्द्रनगर नगरपालिका– ३ तिलकपुर घर भएका नेपाली सेनाका जवान निर्मल बोहराको मृत्यु भएको हो ।

सेनाका अनुसार घर बिदामा गएका बोहरा जाजरकोटस्थित मालिका ब्यारेक आउँदै गरेका थिए । अप्ठ्यारो बाटोबाट रातिको समयमा ब्यारेक जान खोज्दा गलत बाटो प्रयोग गर्दा लडेर घाइते अवस्थामा पुगेका उनलाई स्थानीय यातायात व्यवसायीले उद्धार गरेर जिल्ला अस्पताल पुर्‍याएका थिए । अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार उनले मदिरा सेवन गरेको पाइएको छ ।

तपाईको प्रतिक्रिया