• कपिल दनुवार

काठमाडौं‌- गायक विनोद दनुवार र गायिका हिरा बि.सीको आवाजमा निर्माण भएको”रौता डाँडामा” बोलको गीतको म्युजिक भिडियो सहित युटुबमा सार्वजनिक भएको छ।

शब्द संकलन / संगित तथा भिडियो निर्देशन सैनध्वज दनुवारले गर्नुभएको उक्त गीतको संगित संयोजनमा विश्वास नेपाल, भिडियो छाँयाकंन तथा कोरियोग्राफरमा दुर्गा बान्तवा, ड्रोन क्यामेरामा किरण रस्का र सम्पादन मनोज राईले गर्नुभएको छ।

भिडियो आदिम चौतारी डट कम” युट्युब च्यानल बाट सार्वजनिक भएको हो। पूर्वेली भाका भएको उक्त गितमा उदयपुरको प्रसिद्द धार्मिक तथा पर्यटकीय स्थल‌ रौता माईको सेरोफेरोमा कान्छा कान्छी माया पिरीममा परेको परिवेश समेटि भिडियो निर्माण गरिएको छ। भिडियोको प्रमुख भूमिकामा मोडल शशिकला राई,सैन्ध्वज दनुवार, हिरा बि.सी.र विनोद दनुवारले अभिनय गरेका छन् ।

बुधबार काठमाडौंमा एक समारोह मार्फत गीतको भिडियो सार्बजनिक गरिएको हो । कार्यक्रममा नेपाल आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापा मगरको प्रमुख आतिथ्यता थियो भने विशेष अतिथ्यता सुनिता फाउण्डेशनका अध्यक्ष सुनिता दनुवार,सभाध्यक्ष आदिम संगीत पाठशालाको प्रबन्धक सैन्ध्वज दनुवारले गर्नु भएको थियो । कार्यक्रम संचालन भने कपिल दनुवारले गरेका थिए ।

भिडियो हेर्नुहोस् ।

https://www.youtube.com/watch?v=xX7gKID4OQk

तपाईको प्रतिक्रिया