दशरथ रंगशालामा जारि त्रिदेशीय कपमा नेपालले शानदार जित हाँसिल गरेको छ | आजको खेलमा सन्जोग राई म्यान अफ द म्याच बनेका छन् | साथसाथै रोहित चन्दले मोस्ट भ्यालुयबल खेलाडीको उपाधि हाँसिल गरेका छन् | नेपालका लागि सन्जोग राईले पहिलो र बिशाल राईले दोश्रो गोल गरेका छन् | बंगलादेशले खेलमा १ गोल फर्काए पनि खेल माथि नेपालले कब्जा जमायो | आजको खेलमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली आफै उपस्थित भएर खेल हर्नुका साथै पदक वितरण गर्नु भएको छ |

आजको जितले नेपाली खेलकुद जगतमा नयाँ उर्जा छाएको छ |

आजको खेलबाट नेपालका स्टार खेलाडी बिराज महर्जनले सन्यास लिएका छन् |

तपाईको प्रतिक्रिया