तामाङ कथानक चलचित्र दोर्जे डन Back Again आगमी बैशाख ४ गते प्रदर्शन हुने भएको छ ।
काभ्रेको बनेपामा रहेको सक्सेस फिल्म प्रा. लिको ब्यानरमा भगवती मोक्तान द्वारा निर्माण भएको तामाङ कथानक चलचित्र दोर्जे डन Back Again प्रदर्शनको हुने भएको हो ।

यस फिल्मको कथाकार प्रकाश मोक्तान ,गीतकार कुमार स्याङ्बा, सेलो गायक तथा संगीतकार बिशाल कल्तान र जोग लाल लामाको संगीत रहेको छ भने तामाङ चलचित्रको सुपर स्टार चर्चित नायक कुमार मोक्तान, चर्चित नायिका सित थिङ र नव नायिक सुजिना गोलेको बेजोड अभिनय रहेको चलचित्रमा अन्य कलाकारहरु पुसन लामा,बिकाश स्याङ्तान, अर्जुन लामा ,चन्द्र लाल दोङ ,अमर लामा ,बुद्ध लामा,गोकुल तामाङ,गोर्खा घिसिङ र अरुण लामा लगायत अन्य कलाकार हरुको अभिनय रहेको छ ।

प्रदर्शन तालिका
मिती : २०७८ साल बैशाख ४ गते
स्थान : राष्ट्रिय नाचघर जमल,काठमाडौ
समय : दिउसो १२ बजे

तपाईको प्रतिक्रिया