• कपिल दनुवार

उदयपुर- उदयपुरमा मानसिक सन्तुलन गुमाएकी महिलालाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा शुक्रबार एक युवक पक्राउ परेको छ ।

रौतामाई गाउँपालिका ७ बस्ने २४ वर्षिय राजु आछामेलाई मानसिक सन्तुलन गुमाएकी महिलालाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा पक्राउ परेको छ ।स्थानीय घाँस दाउरा गर्न गएकाहरुले रौतामाई गाउँपालिका – ७ नवज्योती सामुदायिक वनको हिले खोल्सी शिरमा नाम, थर, वतन नखुलेको अन्दाजी २६÷२७ वर्षकी महिलाको चुरा पोते सहितको मानव कंकाल फेला परेको थियो ।

अनुसन्धानको क्रममा उक्त महिला मुकुर्ची, सुकौरा, राजाबास, अधेरी एरियामा मागी खाई हिड्ने, हेर्दा तराईबासी जस्तो देखिने मानसिक सन्तुलन गुमाएको महिला भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिम बहादुर दाहालले बताए ।

गत चैत्र २१ गते अन्दाजी ६ बजेको समयमा मानसिक सन्तुलन गुमेकी महिलालाई जंगलतर्फ तान्दै लगेको स्थानीयले आछामेलाई देखेरको आधारमा अनुसन्धान गर्दा पक्राउ परेको हो । पक्राउ परेका आछामेले ति महिलालाई ढुंगाले हानी हत्या गरेको अनुसन्धानबाट खुलेको एसपी दाहालले बताए । कंकाल छेउमा आछामेको टोपी पनि भेटिएकोले जबरजस्ती करणी गरि हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया