- दृष्टि खबर
काभ्रे- काभ्रेमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) जित्नेको संख्या बढ्दै गएको छ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाका अनुसार मंगलबार १३७ जना संक्रमित हुँदा १८८ जना डिस्चार्ज भएका छन्।
पछिल्लो २४ घण्टामा ५ जनाको ज्यान गएको छ । योसँगै काभ्रेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२९ पुगेको छ भने सक्रिय संक्रमित १९३८ जना रहेको छ।