काठमाडौँ– मंगलबार सुनको मूल्य ६ सयले बढेको छ । नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ६ सयले उकालो लागेर ९३ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार ३ सयले बढेर ९२ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मुल्य पनि तोलामा ३५ रुपैयाँले बढेर १३ सय ९० कायम भएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया