• दृष्टि खबर

बनेपा । एमाले का युवा नेता एवं उद्योग बाणिज्य संघ काभ्रेका महासचिव, रविन्द्र बैदारले २० घरधुरीलाई राहत वितरण गरेका छन् । एमाले का युवा नेता एवं उद्योग बाणिज्य संघ काभ्रेका महासचिव, रविन्द्र बैदारले २० घरधुरीलाई राहत वितरण गरेका छन् । उनले निषेधाज्ञा तथा सिलका कारण समस्यामा परेका बनेपा नगरपालिका वडा नम्बरं १३ र १४ का २० घरधुरीलाई राहत उपलब्ध गराएका हुन् । वडा नम्बर १३ मा राम दुवाल को समन्वयमा १२ घरधुरी र वडा नंम्बर १४ का वडा अध्यक्ष गौरी राउतको समन्वयमा ८ घरधुरी गरि जम्मा २० घरधुरी लाई उनले राहत उपलब्ध गराएका हुन् । राहत वितरणका लागि बिज्ञान धौगोडा, राजु मधिकर्मि, प्रकाश बुढाथोकी, रबिन बिष्ट लगाएतले समन्वय गरेका थिए । “कोही पनि रोगले भन्दा भोकले मर्नु नपरोस’“ भन्ने उद्देश्यका साथ व्यक्तिगत रुपमा बनेपा नगरपालिकाका विभिन्न वडाहरुमा राहत प्याकेज दिएर थोरै भएपनि मलमपट्टि लगाउने प्रयास गरिएको उनको भनाई छ । निशेधाज्ञा अवधिभर काम गर्न नसक्ने र परिवार आम्दानीको अन्य स्रोत नभएकालाई राहत वितरण गरिने उनले बताएका छन् ।

तपाईको प्रतिक्रिया