सुनकोशी , सिन्धुली
नेपाली काँग्रेस सुनकोशी गाउँपालिकाले पेट्रोलियम पदार्थको मुल्य बृद्धि विरुद्ध आज विरोध प्रर्दशन गरेको छ । सुनकोशी गाउँपालिका वडा नं. ३ जम्दार चोक स्थित पार्टी कार्यलय अगाडी १ घण्टा सडक अवरुद्ध गरीएको छ । नेपाली काग्रेस सिन्धुली क्षेत्र नं. २ प्रदेस सभा – “ख” सभापती बोध विक्रम थापाले उक्त विरोध प्रदर्शनमा सम्बोधन गर्दै– “सरकारले एक महिनामा तिन–तिन पटक पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको छ ।

हिजो राति १२ बजे देखी हवाई इन्धनमा २० प्रतिशत छुट गरेर अन्र्तराष्ट्रिय माफियालाई प्रोत्साहन गरेकोले बाध्य भएर यसरी सडकमा उत्रिनु परेका हौँ ।” ल्पेकार्ड सहित विरोधमा उत्रेका नेपाल तरुणदले प्रधानमन्त्रि के.पि. शर्मा वलि विरुद्ध नारावाजी गर्दै पुत्ला दहन गरेको छ । तत्काल पेट्रोलियम पदार्थको मुल्य बृद्धि फिर्ता गर्नुपर्ने माग सहित पद वाहाली लगत्तै देश विखण्डन सम्बन्धि अविव्यक्ति दिएको भन्दै उपप्रधानमन्त्री एत्रं शहरी विकास मन्त्री राजेन्द्र महतोको समेत राजीनामा माग गरेको छ । नेपाली काग्रेस सुनकोशी गाउँपालिकाको सभापती चन्द्र श्रेष्ठको संयोजकत्वमा भएको उक्त प्रदर्शनमा सरकारको जन विरोधी निर्णयहरु सच्याउनु पर्ने पनि माग गरेका छन् । विरोध सभाको समापन गर्दै संयोजक श्रेष्ठले भन्नुभयो– “२००७ सालमा जहाँनियको क्रुर राणाशासनको अन्त्य देखि, पञ्चायती व्यवस्था र निरंकुश राजा फाल्ने काँग्रेस सरकारको यस्ता अकर्मण्यताका विरुद्ध सदैव जनताको पक्षमा उभिनेछौ ।”

नेपाल आयल निगमले पेट्रोल ,डिजेलको र पटितेलको मूल्य १५ दिनको अत्रधिमै पुनः बढाएको छ । यस सँगै पेट्रोलको प्रतिलिटर १२५ रुपैयाँ पुगेको छ , भने डिजेल र मटितेलको मूल्य १०८ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ ।

तपाईको प्रतिक्रिया