• विकाश शाक्य

सुनकोशी– बरिष्ठ इन्जिनियर शरणकाजी राजवंशीले विपन्न घर परिवारलाई खाद्यान्न सामाग्री उपलब्ध गराएका छन् ।
सुनकोशी गाउँपालिका वडा नं. ३ सिमपानीका विपन्न दलित समुदायका १४ घरपरिवार लाई वडा अध्यक्ष रामचन्द्र आचार्यद्धारा खाद्यान्न वितरण गरेका छन् । सुनकोशी ३ बोहोरेटार निवासी समाजसेवी एवं युवा व्यवसायी विश्व सुर्यवंशीको विशेष समन्वयमा चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न सामाग्री वितरण गरिएको छ ।

कोरोना संक्रमणको लहर गाउँवस्तिमा फैलिएको अवस्थामा संक्रमण नियन्त्रण र रोकथामको लागि सुनकोशी गाउँपालिकाले निशेधाज्ञा जेष्ठ २६ गते राती १२ बजे सम्म थप गरिएको छ । यो बेला दैनिकी मजदुर गरी हातमुख जोड्ने विपन्न वर्ग समस्यामा परेका छन् ।
महामारीमा आफ्नो नागरिक रोगले भन्दा भोकको समस्यामा नपरुन भन्ने उद्देश्यले विभिन्न सहयोगीहरुको सहयोगमा दैनिक मजदुरी गरी परिवार पाल्दै आएको निम्न वर्गको पहिचान गरी राहत वितरण गरिएको वडा अध्यक्ष रामचन्द्र आचार्यले बताए । उहाँले भन्नुभयो –“विपन्न वर्गलाई यतिवेला रोगको चिन्ता त छदै छ, अर्को तिर दैनिक ज्यालादरी गरी परिवार पाल्दै आएका मजदुरलाई घरको चुलो बाल्न समेत कठिन भएको छ । यस्ता घरपरिवारको पहिचान गरि घरघरमा खाद्यान्न पु¥याएर थोरै भएपनि राहत दिएका छौ ।” समस्यामा परेका आफ्नो नागरिकलाई जुनसुकै बेला सहयोग गर्न आफु तयार रहेको बताउनुभयो ।

सो अबसरमा नेपाल रेडक्रस सोसाईटी रातमाटा शाखाले महामारी समुदायमा फैलिन नदिनको लागि नागरिकलाई सचेत र सुरक्षित रहन स्वास्थ्य सम्बन्धि जनचेतना दिदै आएको सभापती मणिराम आचार्यले बताउनु भयो । व्यक्तिगत रुपमा दिएको यो राहत प्याकेजले थोरैभएपनि मलम पट्टि लगाउने कार्यको लागि उहाले धन्यवाद समेत दिनुभयो ।

राहत वितरणको लागि समाजसेवी एवं नेपाली काँग्रेस सुनकोशी गाउँपालिकाको सभापती चन्द्र श्रेष्ठ, समासेवी एवं युवा व्यवसायी सञ्जय सुर्यवंशी, नारायण श्रेष्ठ, सागर सुर्यवंशी लगायतले समन्वय गरेका थिए ।

भिडियो हेर्नुहोस् ।

तपाईको प्रतिक्रिया