• दृष्टि खबर

बनेपा- बिहीबार दिउँसो पक्राउ परेका नेपाली काँग्रेस काभ्रेका युवा नेता एवं प्रदेश सभा सदस्य उम्मेदवार गणेश लामालाई रिहा गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले आदेश दिएको छ ।

कास्कीमा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले नेता लामासहित तीन जनालाई  रिहाई गर्न आदेश दिएका हुन् । प्रहरीले लामासहित तीनजनालाई हिजो पक्राउ गरेको थियो । त्यसपछि आज जिल्ला प्रशासन कार्यालयमा बुझाइएको थियो । जिप्रकाले तीनैजनाको बयानपछि जरिवाना तिराएर छाडिएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी गौतमले निषेधाज्ञा तोडेको विषयमा ऐनबमोजिम सामान्य जरिवाना तिराएर छाडिएको जानकारी दिए ।

लामाको रिहाइको माग गर्दै नेपाली काँग्रेस काभ्रे र भातृ संगठन नेपाल विद्यार्थी संघले काभ्रेमा बिरोध प्रदर्शन गरेका थिए ।

तपाईको प्रतिक्रिया