• दृष्टि खबर

बनेपा- कांग्रेस काभ्रेका युवा नेता गणेश लामालाई रिहाईको माग गर्दै शुक्रबार काभ्रेमा प्रदर्शन गरिएको छ ।

नेपाली काँग्रेस काभ्रे र भातृ संगठन नेपाल बिद्यार्थि संघ तथा तरुण दलले काभ्रेमा बिरोध प्रदर्शन गरेको हो ।

लामालाई पोखराबाट प्रतिशोध पूर्वक पक्राउ गरेको भन्दै बनेपाको चार दोबाटो र मण्डनदेउपुर नगरपालिकाको कुन्तामा काँग्रेस कार्यकर्ताहरुले नाराबाजी सहित प्रदर्शन गरेका थिए ।

पोखराको लेकसाइडबाट बिहिवार साँझ नेता लामा पक्राउ परेको थियो ।

तपाईको प्रतिक्रिया