• विकाश शाक्य

सिन्धुली– शनिबार सुनकोशी गाँउपालिका वडा नं. ३ मा करिब २३ घर परिवारलाई राहत वितरण गरिएको छ । सुनकोशी गाँउपालिका वडा नं. ३ मा रहेको अति विपन्न परिवारको पहिचान गरी राहत वितरण गरिएको हो ।वडा नं. ३ स्थित जुम्ली डाँडा , ताम्लीङ भञ्ज्याङ र देउरालीका अति विपन्न घर परिवारलाई खाद्यन्न लगायतका सामाग्री वितरण गरेको हो । जुम्ली डाँडामा १७ घरपरिवार , ताम्लीङ भञ्ज्याङमा ३ घरपरिवार र देउरालीमा ३ घर परिवार गरी २३ घरपरिवारलाई चामल, दाल, नुन, तेल लागायतका सामाग्री वितरण गरीएको सुनकोशी गाँउपालिका वडा नं. ३ का वडा अध्यक्ष रामचन्द्र आचार्यले बताउनुभयो ।
राहत वितरण सुनकोशी गाँउपालिका वडा नं. ३ का सामाजसेवी राम प्रसाद आचार्य , वरिष्ट ईन्जिनियर शरणकाजी राजवंशी र सामाजसेवी रविन्द्र विजुक्छेको आर्थिक सहयोगमा गरिएको हो ।वडा अध्यक्ष आचार्यले “महामारीमा आफ्नो नागरिक रोगले भन्दा भोकको समस्यामा नपरुन भन्ने उद्देश्यले विभिन्न सहयोगीहरुको सहयोगमा दैनिक मजदुरी गरी परिवार पाल्दै आएको निम्न वर्गको पहिचान गरी राहत वितरण गरिएको बताउनुभयो ।” विपन्न वर्गलाई यतिबेला रोगको चिन्ता त छदै छ, अर्को तिर दैनिक ज्यालादरी गरी परिवार पाल्दै आएका मजदुरलाई घरको चुलो बाल्न समेत कठिन भएको अवस्थामा यस्ता घरपरिवारको पहिचान गरि सहयोगी व्यक्तिहरुको सहयोगमा थोरै भएपनि राहत दिएको अध्यक्षले बताए ।
कोरोना संक्रमणको लहर गाउँवस्तिमा फैलिएको अवस्थामा संक्रमण नियन्त्रण र रोगथामको लागी सुनकोशी गाउँपालिकाले निशेधाज्ञा जेष्ठ ३१ गते राती १२ बजे सम्म थप गरिएको छ । यो बेला दैनिकी मजदुर गरी हातमुख जोड्ने विपन्न वर्ग समस्यामा परेका छन् । यो दुःखमा सधैँ आफु सहयोग गर्न तत्पर रहेको सामाजसेवी राम प्रसाद आचार्यले बताउनुभयो ।राहत वितरणको लागि प्रहरी चौकी रातामाटा, नेपाल रेडक्रस सोसाईटी सुनकोशी उपशाखा सभापति मणिराम आचार्य, समाजसेवी एवं नेपाली काँग्रेस सुनकोशी गाउँपालिकाको सभापती चन्द्र बहादुर श्रेष्ठ, समाजसेवी विशु सुर्यवंशी, समासेवी एवं युवा व्यवसायी सञ्जय सुर्यवंशी, सामाजसेवी मदन आचार्य, नारायण कुमार श्रेष्ठ, राम माझी, सागर सुर्यवंशी, लगायतले समन्वय गरेका थिए ।

यस अघि सिमपानीमा अति विपन्न १४ घरपरिवारलाई खाद्यन्न लागयतका सामाग्री वितरण गरेका थिए ।

 

भिडियो हेर्नुहोस् ।

तपाईको प्रतिक्रिया