• कपिल दनुवार

उदयपुर- उदयपुरको ताप्ली गाउँपालिका ४ ज्यामिरे भित्री कच्ची सडक खण्डमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।

लहानबाट ताप्ली गाउँपालिका ४ लखानडाँडा तर्फ मिलको समान लिएर जाँदै गरेको बा.१८च.१५६७ नम्बरको बुलेरो अनियन्त्रित भइ‌ भिर बाट २ सय मिटर तल खसेको उदयपुरका एसपी भिम बहादुर दाहालले जानकारी दिनुभयो ।

गाडिमा ४ जना सवार रहेका थिए । जसमध्ये सिन्धुली जिल्ला दुधौली नगरपालिका वडा १० का ६० वर्षीय इन्द्र बहादुर वि. क को घटना स्थलमा मृत्यु भएको र गाडी चालक कटारी नगरपालीका वडा नं १० बस्ने वर्ष ३५ डाक नारायण श्रेष्ठ र ताप्ली गाउँपालिका ४ ज्यामिरे घर भएका वर्ष ३० का झगड बहादुर सार्की गम्भीर घाइते भएका छन् भने ताप्ली ४ घर भएका डम्बर बहादुर तामाङ् सामान्य घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारका लागि विराटनगर लगिएको एसपी दाहालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया