विकाश शाक्य:

सिन्धुली – सोमबार सुनकोशी गाउँपालिका वडा नंं.३ मा विभिन्न सहयोगी दाताहरुको सहयोगमा विपन्न ८५ घरपरिवारलाई वडाअध्यक्ष रामचन्द्र आचार्यको संयोजकत्वमा तेस्रो चरणको राहत वितरण सम्पन्न गरिएको छ । पहिलो र दोस्रो चरणमा वितरण गर्न बाँकी विपन्न परिवारको पहिचान गरी खाद्यन्न लगायतका सामाग्री वितरण गरिएको वडा अध्यक्ष रामचन्द्र आचार्यले बताउनुभयो ।

तेस्रो चरणमा वडा नं.३ का बोहोरेटारमा २२ , माझी गाउँमा १३ , झाँगाझोली गुठबजारमा ३०, कालीमाटीमा ९ र मैनापुर ,ताम्लीङमा ११ घरपरिवार गरी जम्मा ८५ घरपरिवारलाई चामाल, दाल, नुन, तेल वितरण गरिएको महिला सदस्य सम्झना कोईरालाले बताउनुभयो ।

यस अघि पहिलो चरणमा सिमपानीको १४ घरपरिवार र दोस्रो चरणमा जुम्लीडाँडा, ताम्लीङ्, देउराली भञ्ज्याङका २३ घरपरिवारलाई राहत वितरण गरिसकेको थियो । आर्थिक अवस्था कमजोर भएको दैनिक ज्यालादारी गर्ने मजदुरलाई निशेधाज्ञाले समस्य भए पछि विभिन्न सहयोगी दाताहरुले आर्थिक सहयोग गरेका थिए । सो आर्थिक सहयोग बाट अति विपन्न परिवारको पहिचान गरि खाद्यन्न लगायतको सामाग्री खरिद गरि वितरण गरिएको युवा व्यवसायी एबं सामाजसेवी विशु सुर्यवशीले बताए ।

  • राहत वितरणको लागी नेपाल रेडक्रस सोसाईटी सुनकोशी उपशाखा सभापति मणिराम आचार्य, प्रहरीचौकी रातमाटाका प्रहरी सहायक निरिक्षक राजिव विक्रम थापा , ने.का. सुनकोशी सभापति चन्द्र बहादुर श्रेष्ठ, होटल व्यवसायी सञ्जय सुर्यवंशी, समाजसेवी मदन आचार्य, नारायण कुमार श्रेष्ठ, राम बहादुर माझी, कृष्ण फुयाँल, सागर सुर्यवशी, संजित श्रेष्ठ लगायतले अग्रपंतिमा रहि समन्वय गरेका थिए । सहयोगी दाताहरुको सहयोगमा वडा नं. ३ का विपन्न १२३ घरपरिवारलाई राहत वितरण गरेका छन ।

आर्थिक सहयोग गर्ने सहयोगी व्यक्तिहरु ः

१. नवराज श्रेष्ठ – सुनकोशी–३, बोहोरेटार
२. ई. शरणकाजी राजवंशी– सुनकोशी–३, रातमाटा
३. अजय सुर्यवशी– सुनकोशी–३, रातमाटा
४. रामप्रसाद आचार्य– सुनकोशी–३, बोहोरेटार
५. डा. सुरेश, अन्जला आचार्य– सुनकोशी–३, बोहोरेटार
६. राजकुमार श्रेष्ठ– सुनकोशी–३, बोहोरेटार
७. निल कुमार श्रेष्ठ– बनेपा
८. कुमार आचार्य– सुनकोशी–३, बोहोरेटार
९. दिपशिखा शर्मा ढकाल– काठ्माण्डौँ
१०. रविन्द्र विजुक्छे – सुनकोशी–३, रातमाटा
११. रोमानराज गिरी– सुनकोशी–३, गुठबजार
१२. भिमकृष्ण श्रेष्ठ– बनेपा

 

तपाईको प्रतिक्रिया