• चित्र तामाङ

कुशादेवी– नीजि डेरी उद्योगमा पहिलो पटक लोगो प्रयोग गर्नेमा पनौती नगरपालिका– २ कुशादेवीमा रहेको हिमालयन डेरी एण्ड एग्रोभेट रिसर्च सेन्टर प्रालि भएको छ ।

आज एक कार्यक्रमका बीच पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेले हिमालयन डेरीका सञ्चालक रविन्द्र हुमागाँईलाई लोगो हस्तान्तरण गर्नुभएको हो । नीजि क्षेत्रबाट सञ्चालित डेरी उद्योगहरुमा लोगो प्रयोग गर्ने उद्योगमा हिमालयन डेरी उद्योग नेपाल कै पहिलो रहेको छ ।

दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रतीक चिन्ह ((लोगो) प्रयोग गर्ने सम्वन्धी कार्यविधि २०७७ बमोजिम बोर्डमा प्राप्त भएका आवेदनमा आवश्यक परीक्षण पश्चात वोर्डको मिति जेठ ३० को निर्णय बमोजिम उक्त डेरी उद्योगलाई लोगो उपलब्ध गराउने निर्णय भएको हो । हिमालयन डेरीसँगै दुग्ध विकास संस्थान (डिडिसी) को दुध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनलाई प्रतीक चिन्ह (लोगो) उपलब्ध गराउने निर्णय भएको थियो ।

लोगो हस्तान्तरण कार्यक्रममा पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपालनेले नगरपालिकाले किसानहरुको जीवनस्तर माथि उकास्न कृषि तथा पशु विकास कार्यक्रमहरु अघि बढाएको बताउनुभयो ।

कार्यक्रममा नेपाल डेरी एसोशियसनका महासचिव पल्हाद दाहालले ३८ डेरी उद्योगले लोगोको लागि माग गरेपनि धरै जसो उद्योगहरुले मापदण्ड पुरा नगरेकोले डिडिसी र हिमालयन डेरी उद्योगको मापदण्ड पुरा भएकोले उनीहरुलाई लोगो प्रदान गरिएको बताउनुभयो । उहाँले अनुगमनका क्रममा लोगोको दुरुपयोग भएको पाइएमा लागो जफत गर्ने अधिकार एसोशियसनलाई रहेको बताउनुभयो ।

लोगो हस्तान्तरण कार्यक्रममा पनौती नगरपालिकाका उपप्रमुख गीता बञ्जारा, पनौती उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मधुसुदन गुरागाँई, सचिव महेश पौडेल, पनौती नगरपालिकाका बरिष्ठ प्रशासकिय अधिकृत ईन्द्र अधिकारी, नगरपाकिला कृषि तथा पशुपंक्षी शाखाका प्रमुख मणि सापकोटा, विभिन्न सञ्चारमाध्यका सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सभापतित्व पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापाले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया