File Photo
  • कपिल दनुवार

उदयपुर– हात्तीको आ’क्रमणमा परी उदयपुरको बेलका नगरपालिका–२ रामनगरमा एकको मृ’त्यु भएको छ ।

बुधबार राति १०ः३० बजे गाउँमा प्रवेश गरेको हात्ती धपाउने क्रममा रामनगरका ४० वर्षीय कमल यादबको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।
गाउँ प्रवेश गरेका हात्तीले केहि घरहरुमा समेत क्षती पुर्याएको छ ।

जंगली हात्तीलाई स्थानिय र चागलपुर प्रहरी चौकीबाट खटिएका प्रहरीको सहयोगमा जंगलतिर धपाउन सफल भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक बेद प्रसाद गौतमले बताए ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताए ।

तपाईको प्रतिक्रिया