• कपिल दनुवार

काठमाण्डौँ- नेपाल सरकार युवा तथा साना ब्यावसायी स्वरोजगार कोषले सहकारी संस्था र साझेदारी कार्यक्रम अन्र्तरगत रही युवा तथा साना ब्यावसायिका लागि धमाधम कर्जा लगानी स्वीकृत गरेको छ ।

सहकारी संस्था र साझेदारी कार्यक्रम मार्फत न्यूनतम ५० लाख देखि १ करोड सम्म कर्जा लगानी स्वीकृत गरेको छ । कोषको अनुसार आर्थिक वर्ष २०७७र ०७८ भित्र स्वीकृत सहकारीहरुसँग कर्जा प्रवाहका लागि धमाधम सम्झौता भईरहेका छन् भने साझेदारी कार्यक्रम अन्तर्गत पनि सम्झौताहरु अघि बढाईएको जनाएको छ ।

कोषले कर्जा प्रवाहका लागि असार मसान्त सम्म सहकारी तथा वित्तिय संस्थालाई आवेदन दिन समय दिएको थियो । ऋणका लागि कोषमा सयौँ सहकारीहरुले आवेदन दिएका छन् भने त्यसरी आएका सहकारीको अनुगमन गरी कर्जा प्रवाहका लागि प्रकृया पुगेकाहरुको फाईल स्वीकृत गर्ने कार्य भईरहेको कोषका कार्यकारी उपाध्यक्ष डा. देवराज रोका कल्याणले बताउनु भयो ।

हिजो एकै दिन उदयपुरका मात्रै नियमिततर्फ १७ वटा सहकारी र साझेदारी कार्यक्रम अन्तरगतका ९ वटाको फाईल स्वीकृत गरिएको छ भने हिजै अन्य प्रदेश र जिल्लाका गरी ८० भन्दा बढी सहकारी तथा साझेदार संस्थासँगको ऋण सम्झौताको फायल स्वीकृत भएको उपाध्यक्ष डा. देवराज रोका कल्याणले बताउनु भयो । कर्जा युवा तथा साना ब्यवसायीहरुले भने आवेदन दिएर सहकारी र साझेदारी कार्यक्रम मार्फत लिन पाउने ब्यवस्था रहेको छ ।

यस अघिका बर्षहरुमा प्रतिव्यक्ति दुई लाखका दरले मात्रै ऋण उपलब्ध गराउने गरेकोमा यो आर्थिक वर्षबाट भने पाँच लाख सम्म रकम ब्यवसायीक कर्जा लिन पाउने भएका छन । तर यसका लागि भने कोषका उपाध्यक्षको स्वीकृति अनिवार्य चाहिनेछ । कोष स्थापना देखि हाल सम्म ८५ हजार युवाहरु स्वरोजगार बन्न सफल भएका छन् भने यो परियोजनाका लागि कोषले अर्बौ लगानी गर्दै आएको छ । सरकारले स्वरोजगार बनाउन विना धितो सर्टिफिकेटका आधारमा ऋण दिने भनेर योजना ल्याएता पनि सम्बन्धित निकायले दिएको सिफारीसका आधारमा युवा बैंकमा जाने तर झुलाएर लामो समय राखेपछि धितो के छ रु भनेर सोधेर फर्काउने गरेको छ र त्यसरी फर्किएका कतिपय युवा कोषमा आएर गुनासो गर्ने गरेको उपाध्यक्ष डा। रोकाले भने, तर कोषले आफ्नो कार्यक्षेत्रमा रहेर तिब्र गतिमा काम गरिरहेको छ ।

यो आर्थिक बर्षमा कोशी ईकोनोमिक करिडोर स्वरोजगार कार्यक्रम, तराई मधेश स्वरोजगार कार्यक्रम, भेरीकर्णाली ईकोनोमिक करिडोर स्वरोजगार कार्यक्रम लगायतका बिशेष कार्यक्रम नै बनाएर उत्पादन तथा ब्यवसायमा आधारीत रहेका ऋण लगानी बढाउने लक्ष्य राखिएको छ ।

तपाईको प्रतिक्रिया