काठमाण्डौ– विश्व  हिन्दू परिषद नेपालले जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईविरुद्ध आज देशव्यापी प्रदर्शन गरेको छ ।

हिन्दू धर्ममाथि प्र हार गरेको भन्दै परिषदले राजविराज, विरगंज लगायत देशका मुख्य शहरहरूमा प्रदर्शन गरेको हो । विश्व हिन्दू परिषद नेपालका कार्यकर्ता एवं हिन्दूवादी युवाहरुले डा. भट्टराई विरूद्ध नाराबाजी गर्दै पुत्ला समेत जलाएका थिए ।

बहुसंख्यक सनातन धर्माबलम्बिहरुको आस्थामाथि खेलवाड गर्दै दिईएको उक्त अभद्र टिप्पणीले समस्त सनातनीहरूलाई मर्माहत बनाएको परिषदका एक अधिकारीले बताए । विदेशी विधर्मी शक्तिहरूद्वारा सञ्चालित व्यक्ति तथा संगठनहरुले पटक–पटक सनातन धर्माबलम्बीहरुको आस्थासँग खेलवाड गर्दै आएको तथ्य पछिल्लो घटनाक्रले उजागर गरेकै र त्यस्ता असमाजिक तत्वहरुको समय मै कानुनी कारवाही हुन नसक्दा उनीहरुको मनोवल झनै बढेको पनि बताए ।

हिन्दू विरूद्ध अभद्र टिप्पणी गर्नेलाई यथाशिघ्र कानुनी कारवाही गर्न सम्बन्धित निकाय समक्ष विश्व हिन्दू परिषद नेपाल माग सहित प्रदर्शन गरेको बताए। सनातन धर्म विरोधी तत्वहरुलाई समय मै पहिचान गरी समाजिक बहिष्कार गर्न सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई परिषदले अपिल गरेको छ ।

तपाईको प्रतिक्रिया