• दृष्टि खबर

बनेपा- बुद्धलिङ मिडिया हाउसको प्रस्तुतिमा निर्माण भएको धिरज लोप्चनको “२२ तले धरहरा” तामाङ सेलो म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

शुक्रबार एक कार्यक्रमका बिच महानायक अमिर दोङको प्रमुख आतित्थ्यतामा सार्वजनिक गरिएको हो ।

धिरज लोप्चन र विशाल दोङको शब्द रचना रहेको गितमा च्वाईस दोङको संगीत, जोगलाल लामाको एरेन्ज तथा दिपेश प्रधानको मिक्सिङ रहेको छ ।

विभिन्न रमणीय स्थलमा खिचिएको भिडियोमा युद्ध लामा ब्लोन र पुष्पाञ्जली लोप्चनले अभिनय गरेका छन् । मोडल युद्ध लामा ब्लोनले निर्देशन गरेको भिडियो सुमन तामाङले खिचिनुका साथै सम्पादन गरेका छन् ।

उक्त गित माया प्रेममा आधारित भएता पनि २०७२ साल बैशाख १२ गते आएको महाभुकम्पले ढलेको धरहरालाई उठान गर्न खोजिएको गितका लेखक विशाल दोङले बताए ।

कार्यक्रममा विशेष अतिथिको रुपमा दिपेश प्रधान, नायक तथा कथाकार ऋतुराज पाख्रिन, नायक तथा मोडल तुलसाङ मोक्तान लगाएतका व्यक्तिहरुको उपस्थिति रहेका थिए ।

भिडियो हेर्नुहोस् ।

तपाईको प्रतिक्रिया