• कपिल दनुवार

काठमाण्डौ- नेपाल सरकार युवा तथा साना ब्यावसायी स्वरोजगार कोषलाई ब्यवस्थित गर्दै बिभिन्न निति कार्यक्रम र ब्यवस्थित संगठनात्मक संरचना सहित युवाहरु माझ स्वरोजगार कोषको रकम हिमाली दुई जिल्ला मनाङ्ग र मुस्ताङ्ग बाहेक अन्य ७५ वटा जिल्लामा स्वरोजगारको लगानी पुगेको छ ।

युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउने उद्देश्य सहित नियमित सहकारी संस्था र साझेदारी मार्फत लगानी गरीएको छ । हाल सम्म कोषको लगानी हिमाली दुई जिल्ला मनाङ्ग र मुस्ताङ्ग बाहेक अन्य ७५ वटा जिल्लामा पुर्याइसकेको र यी दुई जिल्लामा पनि कोषको लगानी गर्ने तयारी भैरहेको कोषका उपाध्यक्ष डा. कल्याण रोकाले जानकारी गराउनु भयो ।

असार मसान्त सम्म कर्जाका लागि आएका फाईहरुलाई स्थलगत अनुगमन र स्वीकृत गरी सम्झौता गर्ने कार्य भैरहेको छ । पहिलो किस्ता पाएका सहकारीहरुले भने दोस्रो किस्ता पाउने चरणमा रहेका छन । कोरोना महामारीको बेलामा समेत कर्जा लगानी र असुलीको कामलाई निरन्तर रुपमा अघि बढाईएको कोषका उपाध्यक्ष डा. कल्याण रोकाले बताउनभयो ।

कोषले यसबर्ष मात्रै २ अर्ब भन्दा बढी रकम कर्जा लगानी गरेको छ । नियमित सहकारी र साझेदारी अन्तर्गत ५० लाख देखि १ करोड सम्म कर्जा लगानी गर्दै आएको छ । कोषले ७५ वटा जिल्लाका झन्डै २५ सय सहकारी र वित्तिय संस्थाहरु मर्फत साझेदारी गरेर युवाहरुलाई विना धितो सहुलियत ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको हो । हाल कोषले ७२ जिल्लामा आफ्नो संगठनिक संरचना निर्माण गरेर कर्जा लगानी र असुलीका लागि प्रत्येक जिल्लामा सिडियो संयोजक रहने गरी ५ जना सदस्य समिति बनाई परिचालन गरेको छ ।

सरकारले यसअघि पुरानो संरचना भङ्ग गरी नयाँ स्थानीय तहको मातहतमा कर्मचारी नियुक्त गरी कोषको गतिबिधि संचालन गर्न नियमावली ल्याएको थियो । कोषको कर्जा लगानी तथा असुलीको कार्य स्थानीय तह नगरपालिका र गाउँपालिकाको प्रमुख सहित ३ जना सदस्य रहने ब्यवस्था उल्लेख रहेको थियो । तर उक्त नियमावली र कार्य संरचना प्रभावकारी नहुने भन्दै कोषका कर्मचारीहरु आन्दोलित भएका थिए । झण्डै बन्द हुने अवस्थामा पुगेको कोषमा उपाध्यक्ष डा. कल्याण रोका नियुक्ति भए संगै नियमावलीका आधारमा कार्यबिधि बनाएर नयाँ संरचनाबाट कार्य संचालन गरिएको हो । जिल्ला ‐जिल्लामा स्वंयम सिडियो संयोजक रहने गरी ५ जना सदस्य समिति बनाई परिचालन भएको हुनाले कर्जा लगानी र असुलीमा बिगत जस्तो कठिनाई नहुने उपाध्यक्ष डा. कल्याण रोकाको भनाई छ ।

जिल्लामा कर्जा लगानी उपसमिति र सहजकर्ता नियुक्त गरी जिम्मेवारी दिईएको छ भने उक्त समितिले आफ्नो क्षेत्र अधिकार भित्र रहेको सहकारी र वित्तिय संस्थाको अनुगमन, कर्जा असुली , कोषको कर्जा लगानी प्रभावकारीता तथा प्रशिक्षणकको भूमिका निर्वाह गर्दै आएको छ । कोषले प्रभावकारी ढङगबाट कर्जा लगानी गर्दै आएको छ भने स्थापना देखि हाल सम्म कोषले १० अर्ब कर्जा प्रवाह गरिसकेको छ । कोषबाट हालसम्म ८५ हजार भन्दा बढी युवाहरु स्वरोजगार बन्न सफल भएका छन् ।

सरकारले युवाहरुलाई स्वरोजगार बनाउन सर्टिफिकेटको आधारमा बिना धितो ऋण उपलब्ध गराउने योजना ल्याईएको भए ता पनि बिभिन्न प्रकृया पुर्याएर बैंकमा जादाँ पनि ऋण पाईन कठिन हुने र झुलाएर धितो के छ र ? भन्ने गरेको गुनासो धेरै आएको उपाध्यक्ष डा.रोकाले बताउनुभयो । तर कोषले भने आफ्नो कार्यक्षेत्रमा रहेर सहज र प्रभावकारी ढङगबाट तिव्र गतिमा काम गरेको छ ।

तपाईको प्रतिक्रिया