• दृष्टि खबर

धुलिखेल- धुलिखेलको मुख्यचोकमा ‘द बर्गर हाउस एण्ड क्रञ्चिफ्राइड चिकेन’ सञ्चालनमा आएको छ । तेमाल गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष तथा तेमाल गाउँपालिकाका प्रवक्ता ज्ञान बहादुर लामा समेतको समुहले धुलिखेलमा सञ्चालनमा ल्याएका हुन् ।

बुधवार नेपाली कांग्रेसका युवा नेता तिर्थ लामा र धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुले सामुहिक उद्घाटन गर्दैै बर्गर हाउस सञ्चालनमा आएको हो ।

बर्गर हाउसको उद्घाटन गर्दै नगर प्रमुख ब्याञ्जुले धुलिखेलमा पर्यटिकय आकर्षण थप हुने काम गरेकोमा धन्यवाद दिदै सफलताको शुभकामना व्यक्त गरेका थिए ।

यस्तै सञ्चालक ज्ञान बहादुर लामाले भने ‘हाम्रो लक्षित वर्ग युवा हुन्’ र हामीले ब्राण्ड कन्सियस र गुणस्तरीय सेवा प्रदान गर्न पनि धुलिखेलमा बर्गर हाउस खोलेका हौं ।’ यती ठूलो लगानीको यो किसिमको सुविधासम्पन्न हाउसमा पारिवारिक जमघट गर्न सकिने सञ्चालक लामाले बताए ।

उनले बर्गर हाउसमा क्रञ्चि बर्गर, कफी, फाष्टफुडसहित अर्डर अनुसारका परिकार पाइने बताए । एकपटकमा ९० जनासम्मलाई सेवा दिन सक्ने यस हाउसमा आकर्षक इन्टेरियर रेष्टुरेण्ट एण्ड बार रहेको छ । करिब एक करोड रुपैयाँको लगानीमा निर्माण सम्पन्न भएको सञ्चालक लामाले बताए ।

धुलिखेलको मुख्य चोकमा रहेको बर्गर हाउसमा युवा पुस्तादेखि पाका पुस्तासम्मका लागि उनीहरुको रोजाइका परिकार पाइने भएकाले पनि ग्राहकको आकर्षण बढ्ने अनुमान लामाको छ ।

तपाईको प्रतिक्रिया