• विकास शाक्य

सिन्धुली (रातामाटा)- नेपाली काङ्ग्रेस सुनकाशी गाउँपालिकाको १४ औं अधिवेशनबाट नेपाली कांग्रेस सुनकोशी वडा न. ३ को वडा इकाई सभापतिमा विशु सुर्यवंशी निर्वाचित भएका छन् ।

शुक्रबार वडा नं. ३ को वडा भेलामा सभापति पदका लागि ४ जनाको उम्मेद्धारी परेपछि मतदान प्रक्रियामा गएको निर्वाचित सभापति सुर्यवंशीले बताउनुभयो ।

सभापति पदका लागि पूर्व वडा सभापति सम्झना कोईराला (अधिकारी), मदन आचार्य, विशु सुर्यवंशी र रामबहादुर चौलागाईको उम्मेदवारी परेको थियो । १३३ जना कृयाशिल सदस्य रहेको वडा नं. ३ मा कुल १०७ मत खसेको थियो भने ५ मत बदर भएको थियो । विशु सुर्यवंशीले ४८, सम्झना कोईराला (अधिकारी) ले ३५, मदन आचार्यले ११ र रामबहादुर चौलागाईले ८ मत प्राप्त गरेको पनि निर्वाचित सभापतिले जानकारी दिनुभयो ।

यस्तै उपसभापतिमा नारायण बहादुर श्रेष्ठ, सचिवमा सागर सुर्यवंशी र भरत धिमाल, र सदस्यमा हिरा मैनाली निर्विरोध निर्वाचित भएको थियो ।

क्षेत्रिय प्रतिनिधिमा प्रत्यक्ष तर्फ केशव कुमार भट्टराई, रामचन्द्र आचार्य, रामप्रसाद आचार्य, तिर्थप्रसाद चौलागाई, जय सुर्यवंशी, चन्द्रबहादुर श्रेष्ठ, उमा कुमारी गिरी, शारदा श्रेष्ष्ठ, शान्ता श्रेष्ठ, आदिवाशी जनजाति तर्फ नारायण कुमार श्रेष्ठ, सुवर्ण शाक्य र सिता श्रेष्ठ (महिला), खस आर्या तर्फ अच्युत प्रसाद आचार्य र मिरा थापा, दलित तर्फ कमल विक र सिमान्तकृत÷अल्पसंख्यक तर्फ रामबहादुर माझी सर्वसम्मत निर्वाचित भएको हो ।

तपाईको प्रतिक्रिया