• दृष्टि खबर

बनेपा- पुर्व मन्त्री एवं नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई प्रचण्डको कार्यकता र शेरबहादुर देउवाको असली खेतालाको संज्ञा दिएका छन् ।

नेकपा एमाले काभ्रेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बास्कोटाले माधव नेपाललाई काभ्रेमा चुनाव लड्न आउन चुनौती समेत दिनुभएको छ ।

उहाँले आफुमाथी लगाइएको भ्रष्टाचारको आरोप पुष्टि गर्न चुनौती पनि दिनुभएको छ । बरु जनताबाट भोट लिएर कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन भोट बेच्नेहरु महाभ्रष्टाचारी भएको बास्कोटाको आरोप छ ।

तपाईको प्रतिक्रिया