बनेपा– निम्न आयस्रोत भएका २० जना महिलालाई एक महिने बारिष्ता (कफि बनाउने) तालिम दिइने भएको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालय, व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, हेटौंडा मकवानपुरको आर्थिक सहयोगमा सुपरनोभा तालिम केन्द्रमा १६० घण्टा अवधिको बारिस्ता (कफि बनाउने) तालिमको आईतबार एक समारोह विच उद्घाटन भएको हो ।

सुपरनोभा तालिम केन्द्रका संचालक लक्ष्मी राज शाहको सभापतित्वमा जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख मञ्जु गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रममा भएको थियो ।

तालिम उद्घाटन प्रमुख अतिथि गौतमले वारिस्ता मेसिनको वटम दवाई एस्प्रेसो झारेर उद्घाटन गर्नु भएको थियो। कार्यक्रममा गौतमले यो तालिम आत्माविश्वास वढाउने र देश तथा विदेशमा रोजगारिको अवसर पाउने भयकोले निरन्तरता दिन सहभागिहरूलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा वनेपा ५ का वडा अध्यक्ष वलराम अधिकारी ,लायन्स क्लवका क्लस्टर चिफ जस्मिन श्रेष्ठ ,रिजन चेयर पर्सन गिता शर्मा चापागाईं,जोन चेयर पर्सन सानुमाया लामा ब्लोन,प्रसन्न सेफ क्लवका अध्यक्ष मोहन गजुरेल , जिल्ला युवा परिषद् अध्यक्ष प्रकाश रोक्का,शैक्षिक साकोसका अध्यक्ष शान्तमणि रिजाल, आईकोनिक साकोसका अध्यक्ष रोसन चौलागाईं ,कफि सहकारी संघका सचिव ज्ञानमणि अस्तानि,आदर्श बहुउद्देश्यीय सहकारि संस्था लि का कार्यकारि प्रमुख शिव के.सि. लगायतका व्यक्तित्वहरूको कार्यक्रममा उपस्थिति रहेको थियो ।

कार्यक्रममा लायन्स क्लव अफ प्रसन्न सेफले रोजगारिको व्यवस्थापन ,काभ्रे एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट ले प्राविधिक सहयोग र स्राईम्स मिडिया प्रालिले मिडिया संयोजनको भुमिका निर्वाह गर्ने छन ।
कार्यक्रम सुपरनोभा तालिम केन्द्रका मेन्टर नवीन वडालले गर्नु भयको थियो ।

तपाईको प्रतिक्रिया