• दृष्टि खबर

रोशी– रोशी खोलाले बगाउदा आठ वर्षीय बालकको मृत्यु भएको छ । मंगलबार काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ९ स्थित कालोपुल नजिकै विद्यालयबाट फर्किदा खोलामा पौडी खेल्ने क्रममा रोशी खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रवक्ता प्रहरी नायव उपरिक्षक हरी खतिवडाले बताउनुभयो ।

मृत्यु हुनेमा तेमाल गाउँपालिका वडा नम्बर ५, कोकाम बस्ने प्रकाश लामाको ८ वर्षिय छोरा अबि तामाङ रहेका छन् । कक्षा ३ मा अध्ययनरत तामाङ बिद्यालयबाट घर तर्फ जाँदै गर्दा रोशी खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाई बेपत्ता भएको थियो ।

बेपत्ता भएको खबर पाउनासाथ ईलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरी निरिक्षक समेतको टोली र स्थानियहरुबाट खोजतलासको क्रममा अन्दाजी साँझ ५ः१५ बजेको समयमा रोशी गाउँपालिका वडा नम्बर ११ कालढुंङ्गा स्थित खोलाको किनारामा मृत अवस्थामा फेला परेका थिए ।

लासको कानुन बमोजिम पोष्टमार्टम लगायतको कार्य भईरहेको प्रहरी प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया