• दृष्टि खबर

धुलिखेल–ठगी मुद्दाका फरार प्रतिवादीलाई काभ्रे प्रहरीले १५ वर्षपछि पक्राउ गरेको छ । ठगी मुद्दाको अभियोगमा चौरीदेउराली गाउँपालिका वडा नम्बर ६ घर भएका ६८ वर्षीय बिदुर राज गिरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

ठगी मुद्दामा गिरी उपर २०६३ साल भदौ २५ गते जिल्ला अदालत काभ्रेले फैसला सुनाएको थियो । गिरीलाई ३ वर्ष ४ महिना १२ दिन कैद सजाय र ८ लाख ५ हजार रुपैँया जरिवाना जिल्ला अदालत काभ्रेले तोकेको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार ठगी मुद्दामा फरार रहेका गिरीलाई खोजतलास गर्ने क्रममा काठमाण्डौको बालाजुमा लुकिछीपी बसेको अवस्थामा पक्राउ गरिएको हो।

उनका अनुसार पक्राउ परेका गिरीलाई कैद तथा जरिवाना बेरुजु फर्छौटको लागि जिल्ला अदालत धुलिखेलमा पेश गरिएको छ ।

तपाईको प्रतिक्रिया