• दृष्टि खबर

पनौती– एक दर्जन बढी संघ सस्थाको सहकार्यमा पनौती नगरपालिकामा सुरु गरिएको जनचेतनामुलक कार्यक्रम मास्क अप पनौती जारी छ । मास्क मेरो लागि, परिवारको लागि र समाजको लागि भन्ने मुल नाराका साथ विगत केहि हप्तादेखि जनचेतनामुलक अभियान सन्चालन गरिरहेको पनौती जुनियर जेसिजका अध्यक्ष विशाल तिमल्सिनाले जानकारी दिए । पछिल्लो समय कोरोना भाइरसका संक्रमित घट्दै गएका छन् ।

यद्यपी संक्रमणको जोखिम भने उक्तिकै छ । स्वास्थ्य मापदण्डको पालनामा ध्यान नदिने हो भने जुनसुकै बेला संक्रमण फैलन सक्ने जोखिम रहेकाले अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्न जनचेतनामुलक अभियान सुरु गरिएको अध्यक्ष तिमल्सिनाको भनाई छ । अभियान अन्तर्गत मानिसको चहलपहल हुने बसपार्क क्षेत्र, मन्दिर परिसर लगायतका स्थानमा मास्क वितरण गरिएको छ । यस्तै सवार्वजनिक सवारी साधनमा कोरोना भाइरसको संक्रमणबाट बच्न उपनाउनुपर्ने सन्देशमुलक भनाई अंकित स्टिकर टाँसिएको छ भने सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुलाई समेत मास्क वितरण गरिएको छ ।

मास्क अप पनौती अभियान अन्तर्गत आज तेस्रो चरणको कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै संविधासभा सदस्य राहरी सुवेदीले महामारी रोक्न संघसंस्थाले देखाएको सक्रियताको प्रशंसा गरेका थिए । जेसिज, रोटरी लगायतका संघ सस्थाले सुरु गरेको जनचेतनामुलक अभियान प्रभावकारी रहेको भन्दै अभियानलाई निरन्तरता दिन उनको आग्रह छ ।

पनौती नगरपालिकाको प्रायोजनमा भएको कार्यक्रममा बनेपा हेल्थ केयर, पनौती जेसिज, पनौती जुनियर जेसिज, रोटरी क्लव अफ काभ्रे भ्याली, पनौती प्रहरी चौकी, कोभिड–१९ वारियर्स, रोट्रयाक्ट क्लव अफ सिखलापुर, भागवत धर्म संरक्षण समित, बिजी क्याफे पनौती, पनौती ट्रेड एण्ड कम्युनिकेशन, पनौती नेपाल, पनौती सोसाइटी ग्रुप, उद्यम विकास बचत तथा ऋण सहकारी, पनौती पर्यटन विकास समित, रोटरी क्लव अफ काभ्रे भ्याली, कन्भर्जेन्स अफ कल्चर लगायतका संघसंस्थाको सहकार्य रहेको छ ।

कार्यक्रममा पनौती नेपालका निवास श्रेष्ठ, उद्यम विकास साकोसका अध्यक्ष रोशन क्षेष्ठ, पनौती जेसिजकी अध्यक्ष मिरा गिरी, महासचिव पुरुषोत्तम सुवेदी, रोटरी क्लव अफ काभ्रे भ्यालीका प्रेसिडेन्ट अनुप श्रेष्ठ, रोट्रयाक्टर एवं अन्तराष्ट्रिय सम्बन्ध अधिकृत मनिषा श्रेष्ठ, लायन्स क्लव अफ पनौतीका प्रेसिडेन्ट लायन विवेक भट्टराई लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया