• दृष्टि खबर

बनेपा- उग्रतिर्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औँ साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मोहन गजुरेलको अध्यक्षता तथा बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामाले समग्र सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि आफूले पहल गर्ने बताएका छन । साधारण सभामा संस्थाका सचिव शान्तमणी रिजालले आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभाकै अवसर पारेर संस्थाका उत्कृष्ट कर्मचारी सबिना थापा र सबिता चित्रकारलाई पुरस्कृत गरिएको थियो भने संस्थाको संचालक समितिका सचिव शान्तमाणी रिजाललाई गोल्ड मेडलद्वारा सम्मानित गरिएको थियो ।

कार्यक्रममा युवा व्यवसायी, समाजसेवी तथा दि ग्राण्ड गुण्डु रिसोर्ट भक्तपुरका अध्यक्ष विज्ञान राई, प्रेस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझी, नेपाल सरकारका पूर्व उप–सचिव तथा सहकारी विज्ञ हरि वशिष्ठ, को अपरेटिभ म्यानेजर क्लब सिएमसी काभ्रे का अध्यक्ष बिबेकराज ठकुरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साधारण सभामा सदस्यहरुबाट उठेका जिज्ञासा र सल्लाह सुझावहरुलाई सम्बोधन गर्दै अध्यक्ष मोहन गजुरेलले दैनिकी सहज बनाउन र व्यापार व्यवसाय गर्नेहरुको व्यवसाय प्रर्बद्धन गर्न संस्थाले जोड दिएको बताएका छन ।

तपाईको प्रतिक्रिया