• दृष्टि खबर

महाभारत- नेपाली काँग्रेसको १४ औं अधिवेशन अन्तर्गत काभ्रे महाभारत गाउँपालिकाको सभापतिमा सागर मोक्तान विजयी भएका छन् । आज (बिहीबार) सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार विशान पाख्रिन ‘लावाङ’ लाई पराजित गर्दै सागर मोक्तान सभापति बनेका हुन् ।

सागर जिल्ला सभापति मधु आचार्य प्यानलका हुन् भने लवाङ शिव हुमागाई प्यानलका हुन् ।

कुल १ सय २५ मत खसेकोमा मोक्तानले ५५ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी पाख्रिनले ५३ मत ल्याए । महाभारतका १ सय ३६ मतदाता मध्ये ११ जना सहभागी भएनन् भने १७ मत बदर भएको थियो ।

निर्वाचित भएपछि सभापति मोक्तानले पार्टीकै लागि लड्दै आएको बताउँदै कुनैपनि लाभको पद धारण नगर्ने स्पष्ट पारे । उनले काँग्रेसलाई अझ बलियो बनाउने तर्फ आफु केन्द्रीत रहेको बताउदै वडास्तरमै पार्टीका कार्यकर्तालाई राजनैतिक प्रशिक्षण दिई वडा ईकाईदेखिका संगठनलाई सक्रिय बनाउने निरन्तर लागिरहने प्रतिवद्धता जनाए ।

काँग्रेसको नगर/गाउँपालिका अधिवेशन अन्तर्गत जिल्लाका १२ स्थानीय तहमा ९ गते नै नयाँ नेतृत्व चयन भए पनि विवादका कारण महाभारत गाउँपालिकाको अधिवेशन स्थगन भएको थियो ।

तपाईको प्रतिक्रिया