• दृष्टि खबर

पनौती- पनौतीमा नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुले बैठक बहिस्कारको अर्को नाटक रचेका छन् । विकास निर्माणका काममा विरोध गर्ने कुनै ठाउँ नभेटेपछि उनीहरुले बेलाबेलामा नगरसभा र बैठक हुने स्थानलाई लिएर बैठक बहिष्कारको प्रचार गर्ने गरेका छन् । यो क्रम आज पनि दोहोरिएको छ । पनौती नगरपालिका ४ मा रहेको डाइमण्ड हिल रिसोर्टमा आज ४ वटा कार्यक्रम तय भएका छन् ।

पटकपटक कार्यक्रम गर्दा समय व्यवस्थापन र आर्थिक रुपमा भार पर्ने भएपछि नगरपालिकाले एकै स्थानमा ४ वटा कार्यक्रम आयोजना गरेको थियो । तर नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुले भने नगरपालिकाको कार्यक्रमलाई भोजभतेर र रमाइलोको कार्यक्रम भन्दै विज्ञप्ति नै जारी गरेका छन् । उक्त विज्ञप्तिमा वडा नम्बर ९ का वडा अध्यक्ष शहकुल कुमार हुमागाइ, ७ नम्बर वडा अध्यक्ष रामचन्द्र नास्नानी, ६ नम्बर वडा अध्यक्ष सुधिर सापकोटा, वडा नम्बर ८ का वडा अध्यक्ष केशव बञ्जारा, वडा नम्बर ११ का वडा अध्यक्ष तारामान लामा, वडा नम्बर १० की कार्यवाहक वडा अध्यक्ष सरिता अधिकारी नेपालको हस्ताक्षर छ । उनीहरुले यो कार्यक्रम रमाइलोको लागि आयोजना गरिएको आरोप लगाएका छन् । तर आजका महत्वपुर्ण कार्यक्रमबारे यसअघि नै गराइएको जानकारी बारे उनीहरु बेखबरजसरी प्रस्तुत भएका छन् ।

डाइमण्ड हिल रिसोर्टमा मानव स्वास्थ्यको क्षेत्रमा नगरपालिकासँगै समन्वय गरेर गर्दै आएको कोसिस नेपालको कार्यक्रम रहेको छ । अहिलेसम्म भएका काम बारे समिक्षा र आगामी कार्ययोजना तय गर्नका लागि यसअघि नै कार्यक्रम तय भएको नगरपालिकाले जनाएको छ । उक्त कार्यक्रमसँगै नगर सडक यातायात गुरु योजनाको अन्तिम प्रस्तुती, गत आर्थिक वर्ष २०७७÷७८ को वार्षिक समिक्षा कार्यक्रम, विभागिय प्रमुख, वडा सचिव लगायतको उपस्थितीमा समसामयिक विषय तथा प्रगती समिक्षको कार्यक्रम पनि राखिएको थियो । तर नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुले भने यो निर्णयलाई आर्थिक रुपमा टाट पल्टाउने निर्णय भनेका छन् ।

यसअघि नवौं नगरसभामा पनि पहिलो दिन उपस्थित भएर दोस्रो बैठकमा अनुपस्थित भएपनि आफ्नो कुरा नसुनेको भन्दै बैठक बहिष्कार गरेको बताएका थिए । यता, नगरवासीले भने जनताको हितमा हुने निर्णय जहाँ गरेपनि फरक नपर्ने बताएका छन् । स्वार्थ मिलेसम्म चुइक्क नबोल्ने र आफुलाई चिक्त नवुझेपछि अनेकौं गाली गर्दै सामाजिक सञ्जालमा रोइलो गर्ने परिपाटी ठिक नभएको उनीहरुको भनाई छ । यसअघिका रिसोर्टमा नै भएका कार्यक्रममा उनीहरु सहभागि थिए ।

आजको बहिस्कारलाई कतिपयले नजिकिँदै गरेको चुनावसँग जोडेर हेरेका छन् । पर्यटन क्षेत्रको विकास र व्यवसायिलाई उत्साहित गर्नका लागि पनि यस्ता बैठक महत्वपुर्ण हुने भएकाले यो हदसम्म विरोधमा उत्रनु आवश्यक नभएको कतिपयको विश्लेषण छ ।

तपाईको प्रतिक्रिया