धुलिखेल- अनेरास्ववियु धुलिखेल क्याम्पस प्रारम्भिक कमिटिद्वारा आयोजित बिजया दशमीको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ | अनेरास्ववियु धुलिखेल क्याम्पस कमिटि अध्यक्ष स्वस्तिका पराजुलीको सभापतित्व रहेको कार्यक्रममा अनेरास्ववियु केन्द्रिय कमिटि सचिवालय सदस्य हरिश चन्द्र घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो |

कार्यक्रममा शुभकामना मन्तब्य व्यक्त गर्दै क्याम्पस प्रमुख सागर तिवारीले कार्यक्रम आयोजना गर्नु भएकोमा अनेरास्ववियु धुलिखेल क्याम्पस कमिटीलाई बधाई दिदै आउदै गरेको बिजया दशमी शब्य र भब्यताका साथ मनाउदैं आफ्नो धर्म र संस्कृति जोगाउनका निम्ति बिधार्थीहरुले ठुलो भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो | हाल दशैँ र चाडपर्बको नाममा बिकृतिहरु फैलिदै गएको ठाउमा त्यस बिकृति हटाउदै सम्पूर्ण धर्मवलम्बीहरु मिलेर समान रुपमा दशैँ मनाउन अनुरोध गर्नुभयो | साथै कोभिड-१९ का कारण लामो समय पठन पाठन ठप्प भएकाले त्यसलाई सुधार गर्दै बिद्यार्थीको पठन पाठनलाइ निरन्तरता दिने कुरामा बिस्वस्त रहन क्याम्पस प्रमुखले आग्रह गर्नुभयो |

कार्यक्रममा मन्तब्य राख्दै अनेरास्ववियु केन्द्रिय कमिटि सचिवालय सदस्य हरिश चन्द्र घिमिरेले बिजया दशमीको सुभकामना दिदै अनेरास्ववियुले बिद्यार्थीको शिक्षाको लागि मात्र नभई बिद्यार्थीहरुका प्रतिभाहरुलाइ प्रस्फुटनको सिर्जना गर्दै मनोरन्जनको बिषयमा पनि ध्यान दिइएको र दिदै जाने कुरा बताउनु भयो |

यस्तै शुभकामना मन्तब्य राख्दै अनेरास्ववियु धुलिखेल नगर कमिटि सचिब सुबोध धिमालले अनेरास्ववियु धुलिखेलले बिद्यार्थीको गुणस्तरीय शिक्षा, स्वास्थ्यको क्षेत्रमा अग्रपन्तीमा काम गर्दै बिद्यार्थीका समस्या हल गर्दै आएको र हाल देखिएको बिधार्थी र जेष्ठ नागरिकलाइ यातायातका भाडा छुट नभएको बिषयमा छिट्टै नै सम्बन्धित निकायमा ध्यानक्रषण गराउदै समस्या हल गर्न अनेरास्ववियु लागी पर्ने बताउनुभयो |

कार्यक्रममा अनेरस्ववियु जिल्ला कमिटि सचिवालय सदस्य तथा धुलिखेल नगर कमिटि इन्चार्ज मिलन कुमार गौतम, अनेरस्ववियु जिल्ला कमिटि सचिवालय सदस्य दिपेश तिमल्सिना, धुलिखेल क्याम्पसका प्रमुख सागर तिवारी, अनेरस्ववियु धुलिखेल नगर कमिटिका बरिष्ठ उपाध्यक्ष सुनिल हुमागाई लगायतको आतिथ्यता रहेको थियो भने २०० भन्दा बढि बिद्यार्थीको सहभागिता रहेको थियो |

तपाईको प्रतिक्रिया