• दृष्टि खबर

बनेपा– नेकपा एमाले रोशी गाउँपालिका वडा नम्बर ६ सिपालीको आठ औं वडा अधिवेशन सम्पन्न भएको छ । पुर्व राज्यमन्त्री एवं नेकपा एमाले वागमती प्रदेश कमिटी सदस्य रेशम लामाको प्रमुख आतिथ्यतामा अधिवेशन भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै लामाले नेकपा एमालेले अघि सारेका योजना ठिक लागेकाले आफु फरक बिचार बोकेर हिडेको भएपनि एमालेमा आएको बताएका छन । अधुरा रहेका योजना सफल पार्न र समृद्ध मुलुक निर्माणका लागि सबै मिलेर आगामी निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउन आवश्यक रहेको उनको भनाई छ । नेपाली कांग्रेसका नेता तीर्थ लामा तर्फ संकेत गर्दै उनले अब बलले मात्रै काम नगर्ने भन्दै शैद्धान्तिक, राजनीतिक, बैचारिक रुपले परिपक्व बन्नुपर्ने पनि बताएका छन ।

कार्यक्रममा नेकपा एमाले काभ्रेका सचिवालय सदस्य एवं रोशी गाउँ संगठन कमिटी संयोजक दिलिप तामाङ, पुर्व जिल्ला कमिटि सदस्यद्धय देवसागर लामा, हरीकुमार मैनाली लगायतले समृद्धिको अभियानमा एमालेले खेलेको भुमिका बारे आफ्नो भनाई राखेका थिए । कार्यक्रमको सभापतित्व अधिवेशन आयोजक कमिटीका संयोजक जीवन मैनालीले गरेका थिए भने स्वागत मन्तव्य कृष्णप्रसाद मैनालीले राखेका थिए ।

यसैबिच वडा अधिवेशनले नेकपा एमाले रोशी गाउँपालिका वडा नम्बर ६ को अध्यक्षमा विकास लामा चयन भएका छन् । यस्तै उपाध्यक्षमा कृष्णप्रसाद मैनाली, सचिवमा सुकमान तामाङ, उप–सचिवमा कमल शाह र विजय तामाङ चयन भएका छन् । भेलाले ३१ जना वडा कमिटी सदस्य चयन गरेको छ भने ४ जना पछि मनोनित गर्ने निर्णय भएको छ ।

यस्तै दोर्जे तामाङको संयोजकत्वमा ११ सदस्यीय युवा संघ गठन गरिएको छ भने धनकण्ठ गौतम अध्यक्ष रहेको ११ सदस्यीय किसान महासंघ वडा कमिटि गठन गरिएको छ । एमाले नेता होम बहादुर तामाङको अध्यक्षतामा ५ सदस्यीय सल्लाहकार कमिटी पनि गठन गरिएको एमाले नेता हरिकुमार मैनालीले जानकारी दिए । वडा अधिवेशनकै अवसर पारेर नेपाली कांग्रेसका क्रियाशिल सदस्य छेवाङ लामा र सरस्वती उप्रेती एमाले प्रवेश गरेका छन् ।

तपाईको प्रतिक्रिया