• दृष्टि खबर

बनेपा– मनास्लु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बनेपा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष चन्द्र बहादुर खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले मनास्लु साकोसले विगतमा गरेका सामाजिक कार्यको प्रशंसा गर्दै आगामी दिनमा नगरपालिका र वडाको तर्फबाट गर्नुपर्ने समन्वय र सहयोगको लागि तयार रहेको बताएका छन् । मनास्लु साकोसले यहि असोज १८ गतेदेखी २० गतेसम्म साधारणसभा सन्चालन गरेको थियो ।

सभामा संस्थाका अध्यक्ष अजय हुमागाँईले वार्षिक प्रतिवेदन प्रतिवेदन तथा आगामी नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै उनले सदस्य केन्द्रित सेवा अझै सहज बनाउने बताएका छन् । त्यसका लागि अन्य संस्थासँग एकिकरणको पहल गर्ने उनले बताए । यस्तै रोटरी क्लव अफ काभ्रे चार्टर प्रेसिडेन्ट अनुप कुमार श्रेष्ठले मनास्लु साकोससँग सहकार्य गरेर काम गर्न इच्छुक रहेको बताएका छन् ।

साधारणसभाको अवसर पारेर उत्कृष्ट बचतकर्ता तथा कर्मचारीलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेमा उत्कृष्ट जेष्ठ नागरिक बचतकर्ता गोपाल भक्त पोटे, उत्कृष्ट नियमित बचतकर्ता राजेश मुस्याजु, मुद्धती बचतकर्ता चण्डेश्वरी श्रेष्ठ, उत्कृष्ट ऋण कारोबार गर्ने श्रीराम मानन्धर, बाल बचतकर्ता उज्जवल वैद्य, खुत्रुके बचतकर्ता सुप्रिया बञ्जारा, नारी बचतकर्ता इन्द्रकमल कायस्थ रहेका छन् ।

यस्तै उत्कृष्ट कर्मचारीका रुपमा संस्थाका बजार अधिकृत विशाल तिमल्सिना सम्मानित भएका छन् । कार्यक्रममा सेवा साकोस बनेपाका सचिव मदन पराजुली, सौर्य साकोसका प्रबन्धक सन्तोष पराजुली, सक्षम सकोसकी प्रबन्धक पार्वती थापा लगायतको उपस्थिती रहेको थियो ।

संस्थाका अध्यक्ष अजय हुमागाँइको सभापतित्व रहेको कार्यक्रममा स्वागत मन्तव्य रोशनी बुढाथोकीले राखेकी थिइन् भने कार्यक्रम सन्चालन विशाल तिमल्सिनाले गरेका थिए ।

तपाईको प्रतिक्रिया