• दृष्टि खबर

रोशी– नेकपा एमाले रोशी गाउँपालिका वडा नम्बर ९ को प्रथम वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा हरिभक्त चितौरे मगर सर्वसम्मत मनोनित भएको छ ।

यस्तै उपाध्यक्षमा सानु कुमार तामाङ, सचिवमा राम बहादुर मलेपति, सह–सचिवमा दुर्गा अधिकारी र वीर बहादुर लामा सहित ३१ सदस्य मनोनित भएको छ ।

वडा अधिवेशन कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटिको सल्लाहकार सदस्य सलाम सिं तामाङ, रोशी गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष जनम तामाङ, वडा जनप्रतिनिधिहरु मेघ बहादुर लामा, कान्छाामान तामाङ, दुर्गादेवी अधिकारी, र बिमला विक, नेकपा एमाले मंगलटार गाउँ कमिटिका पूर्व अध्यक्ष ज्ञान बहादुर तामाङ, क्षेत्रिय सदस्य भुवन ठाडा मगर लगायत नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया