• दृष्टि खबर

तेमाल- नेकपा एमाले तेमाल गाउँपालिका वडा नम्बर ७ को वडा कमिटी अध्यक्षमा खुशराज लामा निर्विरोध निर्वाचित भएको छ ।

हिजो (शनिवार) भएको वडा अधिवेशनले खुशराज लामा अध्यक्ष रहेको नयाँ वडा कमिटी गठन गरेको हो । वडा कमिटीको उपाध्यक्षमा शंकर कुमार ठकुरी निर्वाचित भएको छ ।

अधिवेशनबाट सचिबमा अभिलास तामाङ, उपसचिबमा देव सिहं तामाङ र ज्ञान बहादुर तामाङ सहित ३१ सदस्य चयन भएको छ ।

तपाईको प्रतिक्रिया