• दृष्टि खबर

रोशी– नेकपा एमाले रोशी गाउँपालिका वडा नम्बर १० को प्रथम वडा अधिवेशनले प्रल्हाद सापकोटाको अध्यक्षतामा नयाँ कमिटि गठन गरेको छ ।

बुधबार सम्पन्न भएको वडा अधिवेशनले उपाध्यक्षमा नवराज चालिसे, सचिवमा भोज कुमार लामा, उप–सचिवमा प्रदिप रेग्मी मगर र रोज लामा सहित ३१ सदस्य मनोनित गरेको छ ।

संविधान सभा सदस्य तथा पूर्वमन्त्री रेशम लामाको प्रमुख आतिथ्यथामा सम्पन्न भएको कार्यक्रममा अनेरास्ववियु केन्द्रिय महासचिव समिक बडाल, युवा संघ नेपालका केन्द्रिय उपमहासचिव कुमार हुमागाई, देवसागर लामा, जनम तामाङ, कान्छामान तामाङलगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा केही समयअघि नेकपा एकिकृत समाजवादीको जिल्ला सदस्यको रुपमा मनोनित भएका हरि प्रसाद सापकोटा पुनः नेकपा एमालेमा नै फर्किएका थिए ।

तपाईको प्रतिक्रिया