• कपिल दनुवार

उदयपुर- उदयपुरको कटारी नगरपालिका पर्यटकीय क्षेत्र थप आकर्षित बन्दै गएको छ। कटारी नगरपालिका वडा न ७ मर्जेतपुरबाट यसै साता प्याराग्लाइडिङ उडान परिक्षण सफल गरीए संगै नगरपालिकाले पर्यटन प्रवर्द्धनका लागि नियमित प्याराग्लाइडिङ संचालन थालनी गरेको छ।

नगरपालिकाको वडा नम्बर ७ स्थित मर्जेतको ७५० मिटरको उचाइबाट २५० मिटर तल वडा नं ५ को सिमसार क्षेत्र आसपासमा झर्नेगरी प्याराग्लाइडिङ्गको परीक्षण गरिएको थियो । सफल परिक्षणले नगरबासी थप उत्साहित भएका छन्।
नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठका अनुसार पर्यटकीय सम्भावना बोकेको कटारी नगरमा प्याराग्लाइडिङको माध्यमबाट पनि पर्यटन प्रवर्द्धन गर्न लागिएको साथै परिक्षण सफल भए संगै अब सम्बन्धित निकायबाट स्वीकृति लिएर व्यवसायिक ढङ्गले प्याराग्लाइडिङ सञ्चालन गर्ने बताउनुभयो ।

परिक्षण पश्चात नगर प्रमुख श्रेष्ठले कटारी बजार क्षेत्रलाई सुन्दर सहर, आसपासको खोला–नदी, सडक सञ्जाल, सिमसार क्षेत्र, हरियाली बनपाखा र गाउँबस्तीको सुन्दर दृष्य देखिएको अनुभब सुनाउनुभयो । उडान भर्नेमा द बाबु एडभेन्चर ईन्टरनेसनल स्कुल स्याङ्जाका प्रशिक्षकहरु रहेका थिए ्र कटारीमा प्याराग्लाइडिङ्गको लागि सम्भावित क्षेत्र र त्यसको लागि उपयुक्त वातावरण र भूगोल रहेको प्याराग्लाइडिङ्गका पाइलट दिलकुमार सुनुवार बताए।

कटारी नगरपालिका वडा नम्बर ७ का अध्यक्ष धनकुमार दनुवारका अनुसार पर्यटकीय क्षेत्र बनाउन सक्दो आफुले पहल गर्ने प्रतिबद्दताका साथ परिक्षण सफल भए संगै खुसि ब्यक्त गर्नु भएको थियो। पर्यटन प्रवर्द्धनका लागि प्याराग्लाइडिङ्सँगै जीपलाइन पनि सञ्चालनका लागि परीक्षण सुरु भएको गडी पर्यटन विकास समितिका अध्यक्ष सूर्य तामाङले जानकारी गराउनुभयो। नगर भित्र रहेको पर्यटकीय सिमसार क्षेत्र साथै प्याराग्लाइडिङ्ग उडान सुरुवात भएसंगै थप पर्यटकीय आकर्षण बढ्दै गएको छ।

तपाईको प्रतिक्रिया