काभ्रेको पाँचखालमा काठमाडौँ विश्वविद्यालयले  वि.एस.सी. एग्रिकल्चर तथा नेपालमै पहिलो पटक वि. टेक. इन ए.आइ. (आर्टिफिसियल ईन्टेलिजेन्स ) अध्यापन सुरुवात गरेको छ । स्कुल अफ इन्जिनियरिङ्गको कम्प्युटर विभाग मार्फत संचालन हुने ए.आईले प्रयोगात्मक सिकाई तथा इन्ट्रांसिपको माध्यमसहित वर्तमान विश्व परिवेस अनुरुपको सिकाई तथा अनुभव प्रधान गर्नेछ । विश्वविद्यालय श्रोतका अनुसार गरिवी न्यूनीकरण र गुणस्तरीय शिक्षा जस्ता कुरामा ए.आइ.को प्रयोगबाट जीवनस्तर बढाई देशको आर्थिक वृद्धि गर्ने लक्ष्य कार्यक्रमको रहेको छ । पाँचखाल क्षेत्रको मात्र नभई  सम्पूर्ण नेपालको दिगो विकासका लागि यसको महत्वपुर्ण भूमिका रहनेछ । विद्यार्थीहरुले ए.आइको गहन अध्ययन सहित कम्पुटर भिजन, मसिन लर्निंग, निउरल नेटवर्कस,  लान्ग्वेज अन्डरस्टान्डिङ जस्ता जटिल विषयहरु अध्ययन गर्ने छन् ।

साथै नेपालमा कृषि क्षेत्रको महत्व र सो क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको उत्पादनलाई मध्यनजर गर्दै स्कुल अफ साइन्स मार्फत अग्रिकल्चर कार्यक्रम सुरुवात गरिएको हो । वर्षौको तयारी पश्चात पर्याप्त पूर्वधार सहित कृषिमा गुणस्तरीय शिक्षा प्रधान गर्न विश्वविद्यालयले सो कदम चालेको हो । सोहि योजनाका आधारमा काभ्रेकै उर्भर मानिने पांचखालमा कृषि पढाई सुरुवात भएको काठमाडौँ विश्वविद्यालयले जनाएको छ । चार बर्षे कार्यक्रममा देशको कृषि आवश्यकता अनुरुप क्लाइमेट-स्मार्ट एग्रिकल्चर, बालि फसल प्रविधि, बागवानी, प्रजनन तथा जेनेटिक्स आदि विषयहरुको विशेषता रहेका छन् ।

विश्वविद्यालयका उपकुलपतिमा प्रा. डा. भोला थापाको न्युक्तिसँगै विश्वविद्यालयले विभिन्न उपलब्धिमूलक कार्य तथा योजनाहरु आगी ल्याएको छ । स्कूल अफ इन्जिनियरिङ्गका डिन प्रा. डा. मानिस पोखरेलको विशेष सहभागिता तथा संयोजकत्वमा विश्वभर आफ्ना विद्यार्थीहरूलाई सक्षम बनाइ अघि ल्याउने प्रयासका साथ ए.आइ. कार्यक्रम पनि अघि बढेको हो । केयूले प्रविधि मैत्री कृषि संकाय र आर्टिफिसियल ईन्टेलिजेन्समा स्नातक र स्नातकोत्तर तहसम्मको अध्ययन अध्यापन औपचारिक रुपमा सुरू गरेको पाँचखालका नगरप्रमुख महेश खरेलले बताएका छन ।

यी दुई विषयहरुको अध्यापन हुने भएपछी पाँचखालको समग्र शैक्षिक, प्राविधिक, सामाजिक तथा आर्थिक क्षेत्रमा उल्लेखनीय प्रगति हुने भएकाले काठमाडौँ विश्वविद्यालयको पाँचखाल विकासमा महत्वपूर्ण भूमिका रहने विश्वास राखिएको छ ।

तपाईको प्रतिक्रिया