• दिपेश घिमिरे

देशको सामाजिक आर्थिक रुपान्तरणमा र सङ्गै पुर्वाधार बिकासमा युवाहरुको भुमिका अहम रह्न्छ तर जब सम्म नेतृत्वको बागडोर सम्हाल्न युवा पुग्दैनन तवसम्म परिवर्तन सपनाको कथा जस्तै बन्ने छ। युवाहरु शक्ति मात्रै नभएर सिर्जनाका सम्बाहक पनि हुन भन्ने कुरा प्रमाणित गर्न सडक मात्रै हैन सदन सम्मको यात्रा तय गर्नु पर्छ।धेरै लामो समयको अन्तराल पछि भएको स्थानिय तह निर्वाचन बाट निर्वाचित भएका जनप्रतिनिधिहरुमा जहाँ जहाँ युवा नेतृत्व स्थापित भए त्यहा त्यहा परिवर्तनको बिजारोपण सङ्गै बिकासका मुहानहरुको सिर्जना भएको छ।

राजनिती प्रतिको बितृस्णा बढनु र युवाहरु पलाएन हुनु मुलभुत रुपमा हाम्रो आवस्यकताहरु परिपुर्ति नहुनुनै मुख्य कारण हो।जनताको जिविकोपार्जन सङ्ग जोडिने उधोग कल कारखाना स्थापना नहुनु,ब्यवसायिक युवाहरुमा लगानी ढुब्ने डर सङ्गै पुर्ण रुपमा बढेको परनिर्भर्ताले स्वभाबिक रुपमा दिर्घकालिन असर पर्दै गएको छ।

अब युवा नेतृत्व किन आवश्यक छ त ?
ईतिहास बुझेका बर्तमानलाइ डोराउने र उज्ज्यालो भबिस्यमा रुपान्तरण गर्ने युवा शक्ति अब नेतृत्वमा आउनै पर्छ।समृद्धिको सपना पूरा गर्न, आर्थिक तथा सामाजिक परिवर्तन गर्न ,युवाको लगानी युवाको सम्मुन्नतिको ग्यारेन्टी गर्न,बिदेशिएका युवालाइ स्वदेशमै श्रम संग जोडि आत्मनिर्भर बनाउन,राजनितिक चेतनालाइ दिगो बिकास संग जोड्न,रास्टृय अन्तरास्ट्रिय मन्चमा युवा आवाज बुलन्द बनाउन,प्रबिधी मैत्री बनाउन र यी सबै कुरा तब मात्रै सम्भव छ जब गाउँ गाउँमा युवाले नेतृत्व गर्ने छ्न।

अब युवाले पर्खने हैन हस्तान्तरण हुन्छ वा हस्तक्षेप गर्ने भन्ने विषयलाई मुलधारमा पुर्याउनु र बहस गर्नु जरुरी छ।हामी अन्य देशमा युवाले गरेको नेतृत्वको कथामात्रै पढ्ने हैन अब नेतृत्व गरेर काम गरेर अरुको लागि ईतिहास बन्ने र अरुको लेखको रचना बन्नु जरुरी छ।युवा आफ्नो दक्षताको उचित मुल्यांकन नहुने भय र डरले पलायन भैरहेको परिस्थितिलाई रुपान्तरण गर्दै यथोचित ढङ्गले मूल्याकंन सहितको जिम्मेवारीमा पुर्याउनु आजको आवश्यकता हो।

केही गर्न सक्छु केही बन्न सक्छु भन्ने युवा आज आफ्नो पसिना खाडिमुलुकमा बगाउन बाध्यछ्न,खनजोत गरि खाने खेती योग्य जमिन ऋणको भारिले अर्कैलाइ सुम्पदै आफू सुकुमबासी हुदैछन,उत्पादनको उचित मूल्य नआउदा कृसक खेतबारी बजाउन बाध्य छन जस्ले पुर्णरुपमा परनिर्भरता बढाउने मात्र नभै अर्थतन्त्रनै धरासायी बनाउदै गएको छ। यी सबै कुरा अध्ध्यन गर्ने यिनै समस्यालाइ समस्या मात्रै हैन समाधानको उपाय सहित समृद्द स्थानिय तह,समृद्ध रास्ट्र बनाउने सोच र उद्देश्य भएका युवा अब नेतृत्वमा आउनु र चुनिनु जरुरी छ।

स्वायत्त अधिकार प्राप्त स्थानिय तहले आफ्ना लागि कानुन बनाउन सक्ने, कलकारखाना खोल्न सक्ने,युवाहरुलाइ उधमी बनाइ स्वदेश फर्काउन सक्ने भएको हुँदा दुरदर्शिता सहित दिगो बिकासको सपना र अठोट भएको युवा नेतृत्व जस्लाइ गाउँ समाजले बिस्वास गर्न सकोस त्यस्ता युवा अब अनिवार्य नेतृत्वमा चुनिनु जरुरी छ,राजनितिक दलले चुनावका लागि चयन गर्दा सुझबुझ ढंगले युवालाइ प्राथमिकता दिएर टिकट बितरण गर्नु जरुरी छ र अति आवश्यक पनि।

पौरखी छोराछोरी नभएको घर,पौरखी बुद्दिजिवि युवा नभएको समाजले के कहिल्यै रुपान्तरण र परिवर्तनको कल्पना गर्न सक्छ र रुरुहो त्यसैले अब युवा जाग,युवा जुट र समृद्ध नेपालको परिकल्पना साकार बनाऔं ।

तपाईको प्रतिक्रिया