रोशी – काभ्रेको रोशी गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेका वडा अध्यक्ष श्रीदास लामाको प्यानल नै विजयी भएको छ ।

लामाले ६६३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार मङ्गल सिंह तामाङले ५१९ मत ल्याएका छन् ।

यसैगरी, रोशी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा पनि नेकपा एमालेले अग्रता लिएको छ । वडा नम्बर १ मा मत गणना सम्पन्न हुँदा अध्यक्षमा एमालेका उम्मेदवार देव सागर लामाले एमालेले ६६३ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार दिनेश लामाले ५२९ मत प्राप्त गरेका छन ।

त्यस्तै, उपाध्यक्षमा पनि एमाले कै उम्मेदवार बबिता बोहोराले ७२४ मत प्राप्त गरी अग्रता कायम गरिकी छन भने गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार मिम बहादुर लामा (ज्वाला)ले २६९ मत प्राप्त गरेका छन । अन्य वडामा मत गणना जारी छ |

तपाईको प्रतिक्रिया