काभ्रे – स्थानीय तह निर्वाचनको नतिजा आउन सुरु भए संगै काभ्रेमा आईतबार साँझसम्म २१ वटा वडाको नतिजा सार्वजनिक भएको छ । अहिले सम्म नेकपा एमाले सबैभन्दा बढी वडामा विजयी भएको छ भने गठबन्धन सहित उत्रेको कांग्रेस यो समाचार तयार पर्दा सम्म दोश्रो स्थानमा छ । १३ वटा स्थानीय तह रहेको काभ्रेमा १३५ वटा वडा छन्।

आइतबार साँझ ६ बजेसम्मको नतिजा अनुसार जिल्लाको ९ वटा वडामा एमाले, ८ वटा वडामा नेपाली काँग्रेस, ३ वटा वडामा नेकपा माओवादी केन्द्र र एउटा वडामा स्वतन्त्र उम्मेदवार वडा अध्यक्षमा विजयी भएका छन । नेकपा एमालेले जिल्लाको रोशी गाउँपालिका वडा नं १, धुलिखेल नगरपालिका वडा नं २ र ३, मण्डनदेउपुर नगरपालिका वडा नं १, चौरीदेउराली गाउँपालिका वडा नं २, बनेपा नगरपालिका वडा नं १, भुम्लु गाउँपालिकाको वडा नं ३ र ४, पनौतीको वडा नं २ मा विजय हाँसिल गरेको हो ।

नेपाली काँग्रेसका उम्मेदवारले जिल्लाको बेथानचोक गाउँपालिका वडा नं १, भुम्लु गाउँपालिका वडा नं २, महाभारत गाउँपालिका वडा नं २, धुलिखेल नगरपालिका वडा नं १, चौरीदेउराली गाउँपालिका वडा नं १, मण्डनदेउपुर नगरपालिका वडा नं २, बनेपा नगरपालिका वडा नं २ र खानीखोला गाउँपालिका वडा नं २ मा विजय हाँसिल गरेका छन् ।

यस्तै, नेकपा माओवादी केन्द्रका तर्फबाट जिल्लाको खानीखोला गाउँपालिका वडा नं १, महाभारत गाउँपालिका वडा नं १ र भुम्लु गाउँपालिका वडा नं १ को वडा अध्यक्षमा विजयी भएका छन् भने जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं १ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया